चितवन। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इ। विजय दरईका अनुसार बिहान ११ बजेदेखि दिनको २ बजेसम्म सवारी रोकेर काम गर्न लागिएको हो । उनका अनुसार पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।
यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारीसाधन चालिसे र हलुका सवारीसाधन घाटबेसीमा रोकिनेछ । यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिनेछ भने मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशालटारमा रोकिने उनले जानकारी दिए।
एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८१ - १६:४६
काठमाडौँ। एक खेल अगावै सिरिज जितेको नेपाली यु–१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ। मुलपानी क्रिकेट मैदानमा शुक्र...
पौष ५ गते, २०८१ - १६:२७
काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार स्वदेश फर्किएको छन । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा वि...
पौष ५ गते, २०८१ - १६:११
काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताएको छन । शु...
पौष ५ गते, २०८१ - १६:०५
काठमाडौं। एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये छ अर्ब ५२ ...
पौष ५ गते, २०८१ - १५:५५
काठमाडौँ । नेपाल विश्वविद्यालयको कुलपतिमा डा। बिन्दुनाथ लोहनी ४ वर्षका लागि चयन भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ व...
पौष ५ गते, २०८१ - १५:४२
इस्तानबुल। टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा अंकारा समर्थित र अमेरिका समर्थित लडाकुबिच भएको भिडन्तको रिपोर्टिङका...
पौष ५ गते, २०८१ - १५:२४
तनहुँ। तनहुँका पालिकाका वडाहरुबाट नागरिकताको सिफारिस अनलाइनबाटै हुने भएको छ । अनलाइनबाट सिफारिस गर्नको लागि जिल्ला प्रशासन कार्यालयले पालिकामै पुगेर प...
पौष ५ गते, २०८१ - १५:०८
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । सहकारी ठगी प्रकरणमै पक्राउ प...
पौष ५ गते, २०८१ - १४:५९
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शुक्रबार बिदाइ भेट गरेको छन । प्रधानमन्त्री तथा म...
पौष ५ गते, २०८१ - १४:५३
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएको छिन । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत न...
प्रतिकृया लेख्नुहोस्: