तनहुँ। तनहुँका पालिकाका वडाहरुबाट नागरिकताको सिफारिस अनलाइनबाटै हुने भएको छ । अनलाइनबाट सिफारिस गर्नको लागि जिल्ला प्रशासन कार्यालयले पालिकामै पुगेर प्रशिक्षण प्रदान गरिरहेको छ ।
दश पालिकामध्ये छ पालिकामा प्रशिक्षण प्रदान गरिसकेको छ भने चारमा तालिम दिने तयारी गरिएको छ । व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकामा प्रशिक्षण प्रदान गरि सकिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।
थापाका अनुसार देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिमा तालिम दिने तयारी भईरहेको छ । प्रअिज थापाले भन्नुभयो,यही पुस १५ गते देखि सबै पालिकाका वडाबाट अनलाइनबाटै सिफारिस हुने व्यवस्था मिलाउन लागेका छौं त्यसको लागि तालिम धमाधम प्रदान भईरहेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह गरिने नेपाल नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी सेवालाई छिटो, छरितो, त्रुटीरहित र प्रविधिमैत्री बनाउने ध्येयका साथ नेपाली नागरिकता प्रमाणपत्र प्राप्तीका लागि स्थानीय तहहरुबाट गरिने अनुसूची सिफारिसलाई अनलाइन प्रणालीबाट गराउन थालिएको हो ।
नागरिकता वितरण कार्यलाई छिटो, छरितो, त्रुटि नहुनको लागि व्यवस्थित र प्रवधिमैत्री बनाउँदै सेवाप्रवाहको गुणस्तरमा अभिवृद्धि गर्न अनलाइनस सिफारिस गर्न लागिएको थापाले बताए। सेवाग्राहीले सिफारिसका लागि आवश्यक कागजपत्र लिएर वडामा गएपछि वडा कार्यालय आफैंले जिल्ला प्रशासन कार्यालयको अनलाइनमा नागरिकता अनुसूचीको फारम भरेर अपलोड गरिदिने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
विद्युतीय व्यवस्थाले सबै प्रणालीलाई एकीकृत गर्न र दस्तावेज कायम गर्न सहज हुने प्रअिज थापाले बताए। थापाका अनुसार तत्काललाई नयाँ नागरिकताको मात्र सिफारिसका लागि यो सेवा सुचारु गरिने र चाँडै नै प्रतिलिपीको सेवा सुरु गर्ने तयारी गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १७:१६
काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन पार्टीका नेताहरूले सुझाव दिएका छन्। बुधबार पार्ट...
पौष ९ गते, २०८२ - १७:००
काठमाडौं । प्रतिनिधि पुरूषोत्तम यादवले राष्ट्रिय मानव अधिकार आयोगमा बुधबार करिब तीन घन्टा लिखित र मौखिक बयान दिएका छन्। यादवले बताए अनुसार, बयान ११ बज...
पौष ९ गते, २०८२ - १६:४७
काठमाडौँ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न १० दिने ...
पौष ९ गते, २०८२ - १६:३३
काठमाडौँ। प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई सर्वोच्च अदालतले अब एकैसाथ सुनुवाइ गर्ने भएको छ। कांग्रेसका ५७ र अन्य द...
पौष ९ गते, २०८२ - १६:२६
नेपालगन्ज। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बाँकेले जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा...
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...




प्रतिकृया लेख्नुहोस्: