इस्तानबुल। टर्कीको कुर्द बहुल दक्षिणपूर्वी क्षेत्रका दुई पत्रकारको उत्तरी सिरियामा अंकारा समर्थित र अमेरिका समर्थित लडाकुबिच भएको भिडन्तको रिपोर्टिङका क्रममा मृत्यु भएको टर्कीको एक पत्रकार सङ्गठन र एक गैरसरकारी संस्थाले शुक्रबार जनाएको छ ।
सिरियाको दोस्रो शहर अलेप्पोबाट करिब १०० किलोमिटर पूर्वमा रहेको टिशरिन बाँध नजिकै बिहीबार भएको विस्फोटमा परी नाजिम दास्तान र सिहान बिलगिनको मृत्यु भएको हो ।
पूर्व शासक बशर अल असदलाई सत्ताच्यूत गरेपछि दशकौँदेखिको दुर्व्यवहार र वर्षौंदेखिको सिरियाली गृहयुद्ध अन्त्य भएको छ तर यसले अल्पसङ्ख्यकका साथै महिलाको अधिकार र अर्धस्वायत्त कुर्द क्षेत्रको भविष्यबारे चिन्ता बढाएको छ ।
पूर्व राष्ट्रपति असद र उहाँका पिताले करिब ५० वर्ष शासन गरेको र हालै अलकायदाको सिरिया शाखामा जरा गाडेको हयात तहरीर अल–शाम (एचटीएस)ले असदलाई देश छोड्न बाध्य पार्ने आक्रामक आक्रमणको नेतृत्व गरेको थियो ।।
सिरियामा रहेका विभिन्न विद्रोही समूहले देशको फरक फरक भूगोलमा रहेर असद सरकारविरूद्ध लडिरेका तर एचटीएसको निर्णायक आन्दोलनका कारण राष्ट्रपतिको पलायनपछि देशमा अन्योलको स्थिति छाएको छ ।
एचटीएसले यसलाई कसरी साम्य पार्छ अझै पर्ख र हेरको रणनीतिमा रहेका क्षेत्रीय सङ्गठनले क्षेत्रीय र राजधानीमा सानो सङ्ख्यामा प्रदर्शन गर्दै आफ्नो उपस्थिति देखाउन थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - १७:५९
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...
बैशाख २८ गते, २०८३ - १७:४२
काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...
बैशाख २८ गते, २०८३ - १७:३६
काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...
बैशाख २८ गते, २०८३ - १७:२६
काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...
बैशाख २८ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...
बैशाख २८ गते, २०८३ - १७:०२
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...
बैशाख २८ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...
बैशाख २८ गते, २०८३ - १६:४६
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...
बैशाख २८ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...
बैशाख २८ गते, २०८३ - १६:०६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...


प्रतिकृया लेख्नुहोस्: