Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

हेटौंडाका कृषकलाई कृषि एम्बुलेन्स

खबरडबली संवाददाता

हेटौंडा। बिहान चिसो मौसममा हल्का घामले न्यानो गराईरहेको थियो । आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामा उत्साहित अनुहारमा थिए। यो दिन उनीहरूको लागि विशेष थियो—कृषि एम्बुलेन्स प्राप्त गर्ने दिन।

हेटौंडा उपमहानगरपालिकाले संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहयोगमा चिस्यानयुक्त कृषि एम्बुलेन्स खरिद गरी आधामार कृषक समूहलाई हस्तान्तरण गर्दै थियो।

यो सवारीसाधन किसानहरूका लागि सपना जस्तै थियो। तरकारी र फलफूललाई स्वच्छ रूपमा बजारसम्म पुर्‍याउने झन्झटको अन्त्य हुनेछ भन्ने आशाले कृषकहरूमा नयाँ उमंग भरिएको थियो।

३४ लाख ९० हजारको लागतमा खरिद गरिएको यो विशेष एम्बुलेन्स गत आर्थिक वर्षमा प्राप्त संघीय अनुदान र उपमहानगरको थप १९ लाख रुपियाँमा  लगानीबाट सम्भव भएको थियो।

यो एम्बुलेन्स हस्तान्तरण गर्न नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा-१७ का अध्यक्ष उद्धब सत्याल, र प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो।

चाबी र सम्झौता पत्र हस्तान्तरण गर्दै नगर प्रमुख लामाले भनिन्, “कृषकहरूको उत्पादनलाई न्यूनतम लागतमा स्वच्छ र सहज तरिकाले बजारसम्म पुर्‍याउन यो एम्बुलेन्स महत्वपूर्ण साधन हुनेछ।”

प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमका अनुसार, चिस्यानयुक्त एम्बुलेन्सका कारण फलफूल र तरकारीका उत्पादनहरू ताजा र गुणस्तरीय रूपमा उपभोक्तासम्म पुर्‍याउन सकिनेछ।

आधामार कृषक समूहले यो जिम्मेवारी पाउनु सहज भने थिएन। उपमहानगरले खुलेको प्रतिष्पर्धामा सहभागी दुई कृषक समूहमध्ये मुल्याङ्कनको आधारमा योग्य ठहर गरी आधामारलाई छनोट गरेको थियो।

 

“यो एम्बुलेन्सले हाम्रो उत्पादनको मूल्य मात्र होइन, आत्मविश्वास पनि बढाउनेछ,” अध्यक्ष फेन्चु लामाले खुसी व्यक्त गर्दै भने।

यो मात्र होइन, हेटौंडा उपमहानगरपालिकाले सोही दिन बागमती गाउँपालिकालाई विपद्‌ व्यवस्थापनका लागि दमकल, सुमो, र पिकअप सवारी पनि हस्तान्तरण गरेको थियो। 

 

स्थानीय सरकारको यो पहलले कृषकहरूको जीवनस्तर सुधार गर्न मात्र नभई, ग्रामीण क्षेत्रमा उत्पादित सामग्रीको उचित बजारीकरणमा पनि महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले बुधबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...

गुल्मीका पाँच छात्रासहित छ जनाले ल्याए ४ जीपीए

गुल्मी। शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । र...

एआईमा आधारित सिकाइ प्रणाली विस्तार गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...

पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गरिने

काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...

आगामी दशकमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...

नेपाललाई श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने

काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...

संविधान संशोधन बहसपत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...

भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सरकारको नीति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...

समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न एकीकृत सुरक्षण कोष स्थापना गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending