Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

बाँकेमा मेयर कप फुटबल माघमा हुने

खबरडबली संवाददाता

बाँके । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघ महिनामा हुने भएको छ । नेपालगन्जमा रङ्गशालामा आयोजना गरिने प्रतियोगिता माघ ५ गतेदेखि आयोजना गर्ने निर्णय भएको आयोजक बाँके जिल्ला फुटबल सङ्घले जनाएको छ । 

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् अखिल नेपाल फुटबल सङ्घका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले माघ महिनामा जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिताको तयारी सुरु भैसकेको अध्यक्ष शाहीले बताए । यस पटक महिला र पुरुष मेयर कप फुटबल प्रतियोगिता छुटा–छुटै मितिमा आयोजना गर्न लागिएको उनले बताए । 

अध्यक्ष शाहीले भने, "बाँके जिल्लाभरिको विद्यालयहरूको सहभागिता हुने भएकोले मेयर प्रतियोगितामा पुरुष र महिलाको फरक–फरक मितिमा गर्ने निर्णय गरेका छौं । यसले व्यवस्थापनमा पनि सहज हुने र प्रतियोगिताबाट प्रतिभावान खेलाडी छनोटमा सहयोग पुग्नेछ ।" बाँके जिल्ला फुटबल सङ्घले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगिता हो मेयर कप । मेयर कप फुटबलमा बाँके जिल्लाका ८ स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयहरूको सहभागिता हुने गरेको छ । 

विद्यालय स्तरको प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर प्रदान गर्ने अध्यक्ष शाहीले बताए । बाँके जिल्ला फुटबल विकासमा प्रतियोगिता महत्त्वपूर्ण भएको बताउँदै शाहीले भने, "बाँके जिल्लाको लागि मेयर कप एउटा महत्त्वपूर्ण प्रतियोगिता हो । यसले विद्यालयस्तरका खेलाडीलाई प्रतिभा देखाउने अवसर प्रदान गर्छ । यस प्रतियोगिताबाट बाँके जिल्लाको विद्यालय स्तरको टिम पनि तयारी गरिने भएकोले मेयर कप हाम्रो लागि महत्त्वपूर्ण छ ।"

मेयर कप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरेर अन्य जिल्लासँग मैत्रीपुर्ण खेल खेल्ने सङ्घको योजना रहेको छ । गत वर्ष बाँके जिल्लामा भएको मेयर कपको उत्कृष्ट खेलाडीहरूले कैलालीसँग मैत्रीपुर्ण खेल खेलेको थियो । मेयर कप फुटबल प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने सङ्घले अनुमान गरेको अध्यक्ष शाहीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE