दैलेख । कृषि विकास कार्यालय दैलेखले कोल्ड स्टोरलाई सञ्चालमा ल्याएको छ । जिल्ला कृषि विकास कार्यालय दैलेखले फलफूल तथा कृषि उपजलाई सुरक्षित तवरले भण्डारण गर्ने उदेश्यसहित कोल्ड स्टोरलाई सञ्चालनमा ल्याएको हो ।
कार्यालय परिसरसँग जोडिएको कृषि सामग्री केन्द्रको जीर्ण भवनलाई हटाएर अत्याधुनिक सुविधा सहितको भण्डारण भवन निर्माण गरेर तयार अवस्थामा राखिएको थियो । एक सय ५० मेट्रिकटन क्षमताको तीन वटा चेम्बरसहित कोल्ड स्टोर सञ्चालमा आएको छ ।
कोल्ड स्टोर सञ्चालनमा आएपछि सुन्तला राख्नका लागि आएका दुल्लु नगरपालिका ११ भुँकहाका किसान ठाकुर केसी निकै खुसी छन् । पाँच सय बढी बिरुवा छन्, तीन सय बढी बिरुवा फलेको छन् । केसी भन्छन्, ‘एकै पटक बेच्न कठिन हुने भएकाले भण्डारण गर्न थालेको हो ।’ भण्डारणमा एक सय ३० क्यारेटमा करिब तीन हजार केजी भण्डारण गरेका छन् । सुन्तला सिजनमा अति उत्पादन हुँदा मूल्य कम हुने र खेर जाने भएकाले पनि केही महिनापछि मूल्य बढी पाउने आशा जगाएको बताए ।
त्यस्तै कृषि विषय नै अध्ययन गरेर कृषि कर्ममा लागेका भैरवी गाउँपालिका ७ का राजेश कँडेलले करिब दुई क्विन्टल किवी भण्डारण गरेका छन् । किवीको बजारमा माग पनि धेरै छ तर सबै ठाँउमा एकै समयमा फल्न भएकाले पनि मूल्य नपाउने गरेकोमा अब केही महिना मात्र सुरक्षित राख्न सके उच्च मूल्य लिन सकिने बताए ।
ढिलोद सञ्चालनमा आएको कोल्ड स्टोरबाट सुन्तला र आलु किसानले लाभ लिनेछन् । सुन्तला जस्तै किवी, जुनार, कागती, स्याउ, तरकारी लगायत फलफूललाई भण्डारण गर्न सकिने भएपछि किसानलाई उत्साह थपेको छ । किसानहरूको उत्साहलाई ध्यानमा राखी जति सक्दो छिटो सञ्चालनमा ल्याउँदा किसानले मूल्य पाउने र मनग्य कमाउन सक्ने विश्वाससहित सेवा विस्तार गरिएको कृषि विकास कार्यालय दैलेखका प्रमुख राजु भुजले बताए ।
भावनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको करिब ६० लाखको लागतमा दुई वर्ष अगाडि निर्माण सम्पन्न गरेको थियो भने करिब थप ७९ लाख बराबरको कोल्ड स्टोरको उपकरण जडान गरेर संचालनमा ल्याइएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २७ गते, २०८१ - २०:४७
काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...
चैत्र २७ गते, २०८१ - २०:४०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...
चैत्र २७ गते, २०८१ - २०:२८
काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...
चैत्र २७ गते, २०८१ - २०:२३
झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...
चैत्र २७ गते, २०८१ - २०:१७
काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...
चैत्र २७ गते, २०८१ - २०:१०
बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् । बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाह...
चैत्र २७ गते, २०८१ - १९:५५
धनकुटा । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष सुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर...
चैत्र २७ गते, २०८१ - १९:३०
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत र...
चैत्र २७ गते, २०८१ - १९:२६
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी...
चैत्र २७ गते, २०८१ - १९:१६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना...
प्रतिकृया लेख्नुहोस्: