काठमाडौं । केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले बढ्दै गएको छ ।
स्रोतका अनुसार अहिले १५ हजार तालिबानी लडाकु पाकिस्तानतर्फ बढिरहेका छन् । यसैबीच, पाकिस्तानी सेना र वायुसेनाले पेशावर र क्वेटाबाट सेना तैनाथ गरेको समाचार छ।
स्रोतका अनुसार पाकिस्तानी सेनाका केही फौज अफगानिस्तानको सीमामा पुगेका छन् । यसै क्रममा अफगान तालिवान मिर अली सीमा नजिक पुगेका छन् । तर, अहिलेसम्म गोली चलेको कुनै संकेत नभेटिए पनि तैनाथी बढाइएको छ ।
यसैबीच अफगानिस्तानको विदेश मन्त्रालयले काबुलस्थित पाकिस्तानी दूतावासका इन्चार्जलाई बोलाएको छ । अफगान विदेश मन्त्रालयका प्रवक्ता हाफिज जिया अहमदले आक्रमणको कडा निन्दा गर्दै यसलाई दुई देशबीचको सम्बन्धमा दरार ल्याउने प्रयास भनेका छन्।
तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले हालै वजिरिस्तानको माकिन क्षेत्रमा ३० पाकिस्तानी सेनाको हत्या गरेको प्रतिक्रियामा पाकिस्तानले अफगानिस्तानमा आक्रमण गरेपछि यो तनाव बढेको हो ।
अफगान तालिबानसँग ठूलो मात्रामा हतियार र दुर्गम क्षेत्रमा लुक्ने क्षमता छ। उनीहरुसँग एके–४७, मोर्टार, रकेट लन्चर जस्ता आधुनिक हतियारको ठूलो भण्डार छ। यस बाहेक तालिबान लडाकुहरूले पहाड र गुफाहरूबाट आक्रमण गर्छन् जसको बारेमा पाकिस्तानी सेनालाई जानकारी छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - ०८:११
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...
बैशाख १२ गते, २०८३ - ०८:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...
बैशाख १२ गते, २०८३ - ०७:४६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सरकारले सुकुम्बासी बस्ती व्यवस्थित गर्न लागेको काममा महानगरको सहयोग रहने बताएकी छन् ।...
बैशाख १२ गते, २०८३ - ०७:४४
काठमाडौं । गृह मन्त्रालय बढुवा समिति सचिवालयले सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । समितिले एसपीहरू दीपककुमार थापा, ...
बैशाख १२ गते, २०८३ - ०७:४२
कैलाली । कैलालीमा मध्यरातमा होटलमा आगलागी हुुँदा एक जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी ह...
बैशाख ११ गते, २०८३ - २१:३४
बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत पर्ने सिमरा सेजको करिब ५ सय बिघा सरकारी जग्गा ‘सुकुमबासी’को आवरणमा अतिक्रमणमा परेको भन्दै संघीय सरकारले...


प्रतिकृया लेख्नुहोस्: