Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

लुम्बिनी कप महिला फुटबलले खेल क्षेत्रमा योगदान दिनेछ : मन्त्री चौधरी

खबरडबली संवाददाता

बाँके । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरूका विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्त्वपूर्ण अवसर हुने बताएका छन् । शुक्रबार नेपालगन्ज रङ्गशालाको निरीक्षण गर्ने क्रममा मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल सुरुवात हुने देशका लागि खुसीको कुरा भएको बताए । 

उनले भने, "नेपालमा अहिले खेलकुदको माहोल बनेको छ । त्यसमध्ये पनि महिला खेलाडीहरूले उत्कृष्ट नतिजा निकालिरहनुभएको छ । लुम्बिनी कप महिला फुटबल हुनु भनेको खुसीको कुरा हो ।" मन्त्री चौधरीले लुम्बिनी कप महिला फुटबल हुनुभनेको लुम्बिनीवासीका लागि मात्र नभएर सम्पूर्ण देशवासीका लागि सुखद कुरा भएको धारणा राखे । 

उनले भने, "महिला खेलाडीको प्रगति उन्नतीका लागि भैरहेको लुम्बिनी कप महिला फुटबलको प्रतियोगिताको सफलताको शुभकामना दिन चाहन्छु  र आयोजकलाई यो प्रतियोगिता निरन्तर आयोजनाका लागि आग्रह गर्न चाहन्छु । अहिले खेलकुद प्रतियोगिता एक वर्ष हुने अर्को वर्ष नहुने भैरहेको छ । प्रतियोगिता आयोजना गर्न युवा तथा खेलकुद मन्त्रालयले के सहयोग गर्न सक्छ त्यसका लागि हामी तयार छौं ।"

लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव टिरन गौतमले लुम्बिनी कप महिला फुटबलले प्रदेशको फुटबललाई माथि उकास्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए । उनले प्रतियोगितालाई सफल बनाउन लुम्बिनी प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रतियोगितालाई मध्यनजर गरेर नेपालगन्ज रङ्गशालाको मैदान व्यवस्थापनका लागि समेत राष्ट्रिय खेलकुद परिषदसँग बजेट माग गरिएको उनले जानकारी गराए । 

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा लुम्बिनी कप महिला फुटबल आगामी फागुन १९ गतेदेखि २९ गते सम्म आयोजना हुँदैछ । प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । प्रतियोगिता पश्चिम नेपालकै गर्व गर्न लायक इभेन्ट बन्नुका साथै पर्यटन विकासमा समेत कोशेढुङ्गा सावित हुने शाहले बताए । 

शुक्रबार नेपालगन्ज रङ्गशालाको निरीक्षणको क्रममा लुम्बिनी खेलकुद विकास परिषदका निवर्तमान सदस्य सचिव भीम ओली, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति क्षेत्र नम्बर ५ नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द लगायतको सहभागिता रहेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE