Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

स्कुलबाटै भूमिगत भएका सापकोटा, जो स्नातकोत्तर गरेर सांसद भएपछि भए दीक्षित

खबरडबली संवाददाता

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित माधव सापकोटा सुबोध त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा दीक्षित भएका छन् ।

माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म भएको उथलपुथलकारी जनयुद्धको उद्गमस्थलमध्येको एक सिन्धुपाल्चोकको कुविण्डेमा जन्मिएका सापकोटाले प्रारम्भिक शिक्षा श्री सेतीदेवी पञ्चकन्या मावि कुविण्डेबाट हासिल गरेका थिए, तर तत्कालीन राज्यद्वारा अपनाइएको दमनकारी नीतिका कारण उनले माध्यमिक तहको पढाइ पूरा नगरी भूमिगत हुनुपरेको थियो ।

माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध सापकोटा राज्यका कारण विद्यालयमा उपस्थित हुन नसक्ने अवस्था आएपछि भूमिगत भएका थिए ।

२०५२ साल माघ १८ गते उनी पढेको विद्यालयका शिक्षकलाई पक्राउ गर्न आएका सादा पोशाकका प्रहरीलाई स्थानीयले लखेटेपछि एक प्रहरीको ब्रह्मायणी खोलामा डुबेर मृत्यु भएको थियो । यस घटनापछि सम्पूर्ण कुविण्डे गाउँवासीलाई चौतारामा उपस्थित गराएर प्रशासनले धरपकड, चरम यातना र दमन सुरु गरेको थियो ।

यसैकारण उनी एसएलसी दिन नपाउँदै माओवादीको भूमिगत राजनीतिमा सहभागी भएका थिए ।

जनयुद्धका क्रममा सैन्य र राजनीतिक फाँटमा माथिल्लो तहसम्म पुगेका सापकोटा सुरक्षा फौजसँगको दोहोरो भिडन्तमा पटकपटक गम्भीर घाइते भएका थिए । सापकोटाले शान्ति प्रक्रिया प्रारम्भ भएपछि जनमुक्ति सेनाका लागि राखिएको क्यान्टोनमेन्टमा बसेर आफ्नो पढाइलाई निरन्तरता दिएका थिए ।

उनले चितवनको शक्तिखोरमा तत्कालीन जनमुक्ति सेनाका लागि खोलिएको जनसैनिक माध्यमिक विद्यालयबाट एसएलसी दिएका थिए । उनले प्राइभेटबाट आईए, स्नातक तह र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

शनिबार त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोहमा सापकोटासँगै १४ हजार ३०८ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा सहभागी हुँदै सापकोटाले फेसबुकमा लेखेका छन्, ‘आज त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेपछि दीक्षान्त समारोहमा सहभागी भएँ । कुविण्डेको श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा पढ्दै गर्दा दमनकारी शासनको सामना गर्नुपर्‍यो । विद्यार्थी जीवनमै भूमिगत राजनीतिमा होमिएपछि टुटेको औपचारिक अध्ययन शान्ति प्रक्रियापश्चात जोडेको थिएँ ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending