जुम्ला। कामको सिलसिलामा भारत गएका जुम्ला चन्दननाथ नगरपालिका ७ मिचा गाउँका १३ जना नागरिक उद्धार गरी नेपाल पठाइएको छ । सामाजिक सञ्जालमा भारतमा अलपत्र भएको भिडियो सार्वजनिक भएपछि जुम्लाका सांसद छिरिङ ल्हामु लामा तामाङ लामाले रु. ८० हजार नगद रकम पठाएर गाडीबाट घर फर्किने वातावरण बनाएको हो ।
सांसद लामाका अनुसार निर्माण व्यवसायीले काम दिने भनेर भारतमा लिएर गएका रहेछन् तर उनी भागेपछि १३ जना नागरिक अलपत्र भएको खबर भयो, खानपिन र नेपाल फर्किन घर सम्मका लागि रकमनै पठाएर भारतबाट नेपाल फर्किन थालेका जानकारी दिए। उनका अनुसार एक निर्माण व्यवसायीले दार्जिलिङ काममा लगाउने भन्दै लिएको तर उनीहरुलाई अरुणाञ्चल करिब चीनको सीमामा लिएर अलपत्र छोडेपछि उद्धारका लागि अपिल गरिरहेका थिए । आज उनीहरु त्यहाँबाट नेपाल फर्किएका छन् ।
स्थानीय रामचन्द्र नेपालीका नेपालीका अनुसार चन्दननाथ ७ मिचा गाउँका कलिमान सार्की, हरि कामी, दत्त सार्की, रत्न सार्की, रमेश सार्कीसहितका एक दर्जन व्यक्ति नेपालगञ्जबाट एक जना व्यक्तिले काम गर्न भनेर त्यहाँ लिएको र अलपत्र परेका थिए । सांसद लामासँग कुरा भएपछि रु. ८० हजार सहयोग भएर नेपाल आउँदै गरेको र घटनाको विस्तृत जानकारी लिन प्रयास गरिरहेको जानकारी दिए। उनीहरु भोलि मात्रै काकडभिट्टा आइपुग्ने छन् ।
अलपत्र नागरिकलाई उद्धार गरेको भन्दै स्थानीय र आफन्तले खुशी व्यक्त गरेका छन् । उनिहरुले नगद पैसा नै दिएर सहयोग गर्ने सांसद लामालाई धन्यवाद गरिरहेका छन् । सांसद लामाले मध्यरात सम्पर्क गरेर टोलीलाई नेपाल फर्कन व्यवस्था गरेकोमा आफन्तले धन्यवाद दिएका छन् । त्यो टोलीको साथमा जुम्लाका महेशजंग शाहीले सहजीकरण गरेर नेपाल फर्किन साथ दिएका छन् ।
उनका अनुसार उनीहरुलाई नेपाल आउनका लागि सांसद लामाले रु. ८० हजार सहयोग गरेपछि मिचाका शैलेन्द्र केसीले रु। ४५ हजार र कर्साङ ठकुरीबाट रु. १६ हजार नेपाल आउनलाई सहयोग भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८३ - १०:४७
काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...
बैशाख २९ गते, २०८३ - १०:३३
काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...
बैशाख २९ गते, २०८३ - १०:१६
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...
बैशाख २९ गते, २०८३ - १०:०२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...
बैशाख २९ गते, २०८३ - ०९:३१
गुल्मी। शिक्षा विकास तथा समन्वय इकाई, गुल्मीका अनुसार जिल्लामा छ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । र...
बैशाख २८ गते, २०८३ - १७:५९
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...
बैशाख २८ गते, २०८३ - १७:४२
काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...
बैशाख २८ गते, २०८३ - १७:३६
काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...
बैशाख २८ गते, २०८३ - १७:२६
काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...
बैशाख २८ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...


प्रतिकृया लेख्नुहोस्: