Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

खाँदाचक्रमा एकसय ८६ क्षयरोगीको पहिचान

खबरडबली संवाददाता

कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिकामा एकसय ८६ जना क्षयरोगीको पहिचान भएको छ ।यहाँ सञ्चालित स्वास्थ्य शिबिरबाट ती रोगी फेला परेका हुन् ।। 

पुस १० देखि १२ गतेसम्म सञ्चालित निःशुल्क शिबिरमा छसय आठ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । १५ वर्षदेखि माथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दा  क्षयरोगको लक्षण भएका भेटिएपछि थप नमुना परीक्षण गर्न थालिएको छ । 

खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले नगरपालिकाको आयोजना, स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको समन्वय र स्वास्थ्य सेवा कार्यालय कालीकोट, सेभःद चिल्ड्ेन, किड्स नेपालको प्राबिधिक सहयोगमा शिबिर सञ्चालन गरिएको बताए। 

प्रमुख सेजुवालले नगरका वडा १, २, ५, ६, ७, ८, ९ र १० वडामा क्षयरोगसम्वन्धी निःशुल्क जाँच शिबिरमा अत्याधुनिक प्रबिधिको प्रयोग भएको बताए। उनले सबैको छातिको एक्सरे गरेको र संकास्पद देखिएका एकसय ८६ जनाको नमुना सङकलन गरी जिल्ला अस्पताल कालीकोटमा ल्याव परीक्षण भइरहेको बताए। निःशुल्क शिबिर सञ्चालन हुँदा नागरिकले राम्रो सेवा पाएको प्रमुख सेजुवालको भनाइ छ । 

स्वास्थ्य परीक्षणबाट छुटेका वडा ३, ४ र ११ का नागरिकलाई पनि स्रोत ब्यवस्थापन गरेर शिबिर सञ्चालन गरिने नगरपालिका प्रतिनिधिहरुको भनाइ छ । गाउँमै बिभिन्न स्वास्थ्य समस्याको परीक्षण गर्न पाउँदा नागरिक पनि उत्साहित भएका छन् । खाँडाचक्र नगरपालिका वडा ६ का मिनवहादुर शाहीले आफु ६९ बर्षको हुँदासम्म राज्यबाट निःशुल्क सेवा नपाएको तर यसपालिका आफू लगायत सबैको निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाउँदा खुशी लागेको बताए। 

शिबिरमा क्षयरोगसँगै छातिसम्वन्धीका अन्य समस्याको पनि परीक्षण गरिएको चिकित्सकको भनाइ छ । नेपाललाई क्षयरोगमुक्त बनाउन सरकारी तथा अन्य गैर सरकारी संस्थाबाट बिभिन्न कार्यक्रम हुँदैआएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

बालेनसँगको वार्ता सकेर निस्किए रवी

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन्द्र शाहसँग वार्ता गरेर हालै निस्किएका छन्। वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहय...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending