Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

अध्यक्ष प्रचण्डद्वारा रजत पदक विजेता खेलाडीलाई सम्मान

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पन्ध्रौं विश्व बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत पदक प्राप्त गर्ने नेपाली खेलाडीहरुलाई सम्मान गरेका छन् । 

अखिल नेपाल खेलकुद महासंघको आयोजनामा आज अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको कार्यक्रममा उनले सम्मान गरेका हुन् । शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय महासंघ विश्व बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् फेडरेसनसँगको सहकार्यमा बडी बिल्डिङ एसोसिएसन अफ माल्दिभ्सले मालेमा आयोजना गरेको प्रतियोगितामा रजत प्राप्त गर्ने रुजेश शाही, प्रज्वलमान शाक्य, रजनी श्रेष्ठ र सनम मुलगुठीले रजत पदक प्राप्त गरेका थिए । रुजेशले ६० केजी तौल समूह, प्रज्वलले ६५ केजी तौल समूह रजनी ५५ केजी तौल समूह र र मुलगुठी स्विम सुट समूहबाट खेलेर रजत प्राप्त प्राप्त गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकाले यस क्षेत्रको विकासमा आफ्नो पार्टीले अत्यधिक महत्व दिने गरेको बताए । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल पूर्वाधारको विकास र खेलाडीको प्रोत्साहनका लागि विभिन्न कार्यक्रम अघि सारिएको उल्लेख गर्दै उनले खेल वैश्विक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यम भएको बताए । 

‘नेपालमा विभिन्न विधाका खेल आयोजना गर्ने गरिएका छन् भने नेपाली खेलाडीहरुले विश्व तथा क्षेत्रीयस्तरका र विभिन्न देशसँगको प्रतिष्पर्धामा भाग लिएर देशको प्रतिष्ठा उँचो बनाउँदै आएका छन्’, अध्यक्ष प्रचण्डले भने, ‘त्यसैले खेलकुदलाई राष्ट्रको महत्वपूर्ण एजेण्डाको रुपमा अघि बढाउनुपर्छ भन्ने हाम्रो धारणा रहेको छ ।’ आफूले खेलकुद र संस्कृतिको विकासलाई मानवीय विकासको महत्वपूर्ण पक्षको रुपमा लिने गरेको उल्लेख गर्दै उनले सबै पक्ष यी क्षेत्रको विकासमा संवेदनशील हुनुपर्ने बताए । 

अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ले उज्यालो बाटोतिर लम्किरहेको खेल क्षेत्रको विकासमा सरकार र दलहरु गम्भीर बन्नुपर्ने बेला आएको बताए । एकैपटक चार जना खेलाडीले रजत पद प्राप्त गराउने बडी बिल्डिङ एन्ड फिजिक स्पोर्टस् नेपालका लागि महत्वपूर्ण विधा भएको उल्लेख गर्दै उनले यो खेलको संघलाई व्यवस्थित गर्न कार्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending