काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित प्रजतान्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले भने, “स्वस्थ शरीरमा स्वस्थ दिमाग चाहिन्छ भने जस्तै स्वस्थ शरीरका लागि पनि खेलकुदको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।”
सभापति देउवाले खेलकुद क्षेत्रमा युवा खेलाडीको बाहुल्यता धेरै हुने हुँदा उनीहरुको वृति विकासमा खेल र व्यायामको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उनको भनाइ थियो । सभापति देउवाले देशको विभिन्न ठाउँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले देशका लागि पसिना बगाउने खेलाडीका परिवारको शिक्षामा सहयोग गर्न आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नेबारे छलफल भइरहेको बताए । खेलमा अनुशासनको महत्व सबैभन्दा बढी हुने उल्लेख गर्दै उनले खेलकुदको नियम नमान्ने जुनसुकै खेल सङ्घलाई कारबाही गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८१ - २०:५२
काठमाडाैं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धानलाई प्रहरीले अन्तिम चरणमा पुर्याएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार सरकारी वकिल...
पौष १६ गते, २०८१ - २०:३८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको ...
पौष १६ गते, २०८१ - २०:२३
मकवानपुर । मकवानपुरको मनहरीमा मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिइएको छ । आइतबार मनहरी–५ वसन्तपुरमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत...
पौष १६ गते, २०८१ - २०:१७
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका ३९ विद्यालयलका चार हजार २४७ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ । हृदयरोग निवारण प्रतिष्ठान काठमाडाैंको आ...
पौष १६ गते, २०८१ - २०:१३
जेनेभा । गाजाका अस्पतालहरूमा इजरायली आक्रमणले उक्त क्षेत्रको स्वास्थ्य सेवा प्रणालीलाई पूर्ण पतनको छेउमा धकेलिएको छ । यसले प्यालेस्टिनीहरूको स्वास...
पौष १६ गते, २०८१ - २०:०५
माेरङ । भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याएको चाँदीका गहनासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर बसपार्क क्षेत्रबाट मंगल...
पौष १६ गते, २०८१ - १९:५४
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ । यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल ...
पौष १६ गते, २०८१ - १९:४५
काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन पुसको अन्त्यतिर आह्वान गर्ने तयारीमा सरकार रहेकाे छ । सरकारले पुस २५ पश्चात् अधिवेशन बोलाउने तयारी गरेको जनाइए...
पौष १६ गते, २०८१ - १९:३३
पोखरा । राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि जननायक बिपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापनको नीति लिएको पोखरामा आयोजित प्रवचन कार्यक्रममा विभि...
पौष १६ गते, २०८१ - १९:२८
दोलखा । दोलखाको माथिल्लो क्षेत्रमा आलु रोप्ने समय सुरु भए पनि आलुको बिउ अभाव हुँदा किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा आलु रोप्ने समयमा मूल्य ...
प्रतिकृया लेख्नुहोस्: