Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुकः उपप्रधानमन्त्री सिंह

खबरडबली संवाददाता

काठमाडौं। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएको छन ।

सोमबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गदै उनले नेपाल कला, संस्कृति र परम्पराका हिसावले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गर्न जागरुक हुनुपर्ने बताए।

महोत्सवले गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुक रहेको देखाएको उनको भनाइ छ । देशमा प्रजातान्त्रिक व्यवस्था आइसकेपछि बहुजातिय, बहुभाषिक, बहुधार्मिक नेपाली समाजमा रहेका सबै धर्म, भाषासंस्कृतिले स्वतन्त्रतापूर्वक आफ्नो पहिचानलाई सुरक्षित राख्दै अझ समृद्ध गर्न पाएको पनि बताए।

‘‘तपाईंहरुको महोत्सवमा यस वर्ष सहभागिता उल्लेख्य देखिएको छ । यसले आफ्नो भाषा, धर्मसंस्कृति, रहनसहन, पुर्खाले छाडेर गएका रितिथिति परम्परा जोगाउन वर्तमानमा सक्रिय भए जोगिनेरहेछ भन्ने देखाउँछ,’’ उपप्रधानमन्त्री सिंहले भने, ‘‘पुर्खाले हामीलाई सुम्पिएको अत्यन्त समद्ध संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ । जुन अधिकार प्राप्त गरेका छौं, त्यसलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि जिम्मेवार तवरले हामीले आफ्नो अधिकार प्रयोग गर्दा कसैलाई  अप्ठ्यारो नहुनेगरि प्रयोग गर्दा त्यसले राम्रो गर्छ भन्नेमा ध्यान दिन जरुरी छ ।’’

महोत्सवमा गुरुङ समुदायको उपस्थिति, कला, संस्कृति, परम्पराको प्रस्तुतीले आफ्नो पहिचान कायम गर्न अत्यन्त जागरुक देखिएको भन्दै उनले नयाँ पिँढीलाई परम्पराको हस्तान्तरण गरिरहेकोमा उनले बधाई ज्ञापन गरे।

राष्ट्र र समाजलाई उन्नत, सम्पन्न बनाउन  सबैले आफ्नो शक्ति लगाउन पनि उपप्रधानमन्त्री सिंहले आग्रह गरे। गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा महोत्सवमा आयोजना गरिएको हो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्योग वाणिज्य संघ दोलखामा थापा प्यानलको पूर्ण विजय

दोलखा। उद्योग वाणिज्य संघ दोलखा को १६औँ अधिवेशनबाट सनत थापा नेतृत्वको प्यानल पूर्ण रूपमा विजयी भएको छ । बिहीबार सदरमुकाम चरीकोटमा सम्पन्न अधिवेशनमा दि...

मुसिकोटको झेदी क्षेत्रको सडकखण्ड नौ दिन बन्द

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर– ७, झेदी क्षेत्रको सडक खण्ड नौ दिन बन्द हुने भएको छ । शुक्रबारदेखि जेठ ९ गतेसम्म यस सडक खण्ड सडक बन्द हुन...

पुतलीबजार–३ का वडा अध्यक्ष श्रेष्ठ तीन दिनदेखि बेपत्ता

स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...

पुतलीबजार–३ का वडा अध्यक्ष श्रेष्ठ तीन दिनदेखि बेपत्ता

स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending