Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

फाल्गुनन्द गोल्डकपकाे उपाधि चर्च ब्वाइजकाे कब्जामा

खबरडबली संवाददाता

पाँचथर । फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज क्लबले जितेको छ । फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले मच्छिन्द्र फुटबल क्बललाई टाइब्रेकरमा ५–४ गोलले हरायो । 

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेर सकिएको हो । उपाधिसँगै चर्च ब्वाइजले १० लाख पाँच सय ५५ र उपविजेता मच्छिन्द्रले पाँच लाख पाँच सय ५५ रुपियाँ पुरस्कार पायो । निर्धारित समयमा मच्छिन्द्रका बिजु भुजेलले ४५औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । 

दुई मिनेट लगत्यै अतिरिक्त समयमा विपक्षी समिर तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि ७८औँ मिनेटमा चर्च ब्वाइजका छिरिङ लामाले गोल गर्दै टोलीलाई अगाडि बढाए । ८८औँ मिनेटमा मच्छिन्द्रका सनिष श्रेष्ठले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए । त्यसपछि टाइब्रेकरमा पुगेको खेलमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुडाथोकी, फाकुन्ले आवायामीले गोल गरे । 

मच्छिन्द्रका समिरराज थोकर, सौरभ सुब्बा, सनिष श्रेष्ठ र देबेन्द्र तामाङले गोल गरे । दयानन्द इङबामको प्रहार चर्च ब्वाइजका गोलरक्षक कृशल मोक्तानले बचाए । खेलभर ६ गोल गर्नुभएका समिर तामाङ सर्वोत्कृष्ठ खेलाडी भए । उनले १५ हजार रुपियाँ पुरस्कार पाए । 

चर्च ब्वाइजका कृश्चल मोक्तान वेष्ट गोलरक्षक, चर्चकै देबेन्द्र तामाङ वेष्ट डिफेन्स, चर्चकै दिपेश गुरुङ वेष्ट मिल्डर र चर्चकै सुमन श्रेष्ठ बेष्ट प्रशिक्षक घोषित भए । सबैलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

मच्छिन्द्र क्लवका बिजु भुजेल वेष्ट प्लेयर र मच्छिन्दकै सनिष श्रेष्ठ फाइनलको म्यान अफ दि म्याच भए । आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री राइजिङ प्लेयर चुनिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE