काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भइ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको स्मरण गर्दै महरले उक्त कुरा बताएका हुन्।
'वि.सं. २०३३ पुस १६ गते बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो। त्यतिबेला राष्ट्रको स्वाधिनता र यसको अस्तित्व रक्षाको समय थियो। अहिले समय फेरियो। हामी गणतान्त्रीक मुलुकमा गयौं। बिपीले त्यो बेला नेपाललाई समुन्नत बनाउने कुरा भन्नु भएको थियो, त्यो काम संविधान निर्माण भइसकेपछि पनि अहिलेसम्म पूरा भएन। अहिले संविधान संशोधनको बहस भएको बेला त्यो राष्ट्रिय एकता र मेलमिलापको आधारमा मात्र सम्भव छ,' कांग्रेस इलामले आयोजना गरेको १०० दिने विशेष अभियान समारोहलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले भने।
बिपी देशको स्भाविमान जोगाउन राष्ट्रिय एकतासहित स्वदेश फर्किएको उनको भनाइ छ। बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको महरले स्मरण गरे।
आज संविधान संशोधनलगायत राष्ट्रका ज्वाजल्यमान समस्या समाधान गर्न अझ कसिलो राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको उनले औंल्याए। 'बिपीले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीका माध्यमले विकसित नेपालको चाहना आजसम्म पनि पूरा हुन सकेको छैन। यसको पहिलो खुड्किला भनेको कांग्रेसलगायत दलभित्र मेलमिलाप र एकताको आधार खडा हुन आवश्यक छ। त्यसपछि राष्ट्र निर्माणको मुद्दा र जनताको मुद्दामा एक हुनुपर्छ,' महरले भने।
कांग्रेस स्वयंले १०० दिन विशेष अभियान समापन गर्दै गर्दा राष्ट्र निर्माण, जनताका र पार्टी निर्माणका लागि कसैको फरक मत रहँदैन भन्ने प्रत्येक व्यक्तिले कसम खानुपर्ने उनले बताए।
यसका साथै एक वर्षपछि हुने कांग्रेसको १५औं महाधिवेशन पार्टीभित्रको मेलमिलाप र एकताको आधारमा सम्पन्न गरिनुपर्ने उनको भनाइ छ। 'एकता भावले महाधिवेशन गरेर देशका लागि र कांग्रेसका लागि बाँकि रहेका कार्यभार कुसलतापूर्वक सम्पन्न गर्नुपर्छ। सशक्त पार्टी निर्माण गरेर मात्र त्यो सम्भव छ। त्यसतर्फ हामी केन्द्रित हुनुपर्छ,' उनले भने।
समयमै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र त्यसका लागि टोल स्तरदेखिकै नेता कार्यकर्ताको प्रतिवद्धता तथा सक्रियता आवश्यक रहेको महरले बताए। विधानअनुसारको जिम्मेवारी निर्वाह गर्नसमेत उनले आग्रह गरेका छन्। यसमा बढी जिम्मेवार केन्द्रका पदाधिकारी हुने र उनीहरूको ढिलासुस्ति प्रवृत्तिले समयमै महाधिवशेन हुनेमा संका पैदा भइरहेको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...
फाल्गुन २८ गते, २०८२ - १५:३०
काठमाडौं । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको न्यायका लागि काठमाडौंमा बिहीबार पनि विरोध प्रदर्शन भएको छ। माइतीघर मण्डलामा भएको प्रदर्शनम...
फाल्गुन २८ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हिन्दू राष्ट्र बनाउन संविधान संशोधनका लागि तय...
फाल्गुन २८ गते, २०८२ - १४:४५
काठमाडौं । मानव तस्करको प्रलोभनमा परेर कम्बोडिया पुगेका १६ जना नेपाली उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोड...
फाल्गुन २८ गते, २०८२ - १४:०७
धनगढी । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७, लालपुरमा से १ च १४०५...


प्रतिकृया लेख्नुहोस्: