Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नागरिक उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड ३८ लाख

खबरडबली संवाददाता

काठमाडौं। सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् ।

मङ्गलबार काठमाडौंमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्याङ्क प्रस्तुत गरेको हो ।

प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुहुँदै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताए।

सन् २०२३ को नोभेम्बर सम्ममा तीन वटा विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ४१ लाख ५४ हजार ३९३ थियो । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको सङ्ख्यामा ७।०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए।

उनले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन् । सन् २०२३ को भन्दा यो सङ्ख्या करिब १३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इण्डियामा मर्ज भएपछि २८ मा झरेको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरुको सङ्ख्या १९ रहेको महानिर्देशक अधिकारीले बताए।

जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको बताए। हलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमति हेलिकप्टर चार्टर तथा उद्धार ९निषेधित क्षेत्र बाहेक० करिव ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकोप्टरको उद्धार, सिलिङ् तथा यात्रु चार्टर उडानमा एक हजार १२० उडान सञ्चालन भएको बताए।

महानिर्देशक अधिकारीले गत आ।व। २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको बताउनुभयो । जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख भने नन एरोनटिकलतर्फ तीन अर्ब १९ करोड ४९ लाख रहेको छ । गत वर्ष पुँजीगततर्फ नेपाल सरकारको सहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको जानकारी दिए।

उहाँकाअनुसार कार्य सञ्चालन खर्चतर्फ चार अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च चार अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च एक अर्ब ३३ करोड एक लाख र आयकर खर्च एक अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपियाँ खर्च भएको छ । प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको बताए।

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिई क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान राख्न सकिने वायुयान बिसौनी क्षेत्र र ट्याक्सीवे निर्माण कार्य जारी रहेको बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन र जेन–जी अगुवाहरुबीच भेटवार्ता जारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...

रवि, बालेन र कुलमानबीच आज साँझ फेरि भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

काम गर्दा गर्दैपनि दिनदिनै गालीगलौज र राजीनामाको दबाब झेल्नुपरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...

बालेन शाह र बाबुराम भट्टराई बीच पनि भेटवार्ता

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...

रमेश लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...

बालेनलाई भेटेर केहि बेरमै निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...

चितवन–३ बाट एकल रेनु दाहाल सर्वसम्मत उम्मेदवारमा सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...

रवि लामिछाने र बालेन शाहबीच फेरि छलफल हुने

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...

रवि लामिछानेलाई प्रश्न: लौरो टेक्ने कि घण्टी बजाउने ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...

उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नु जरुरी: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending