काठमाडौं । जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए। उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे। श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहरुले विवादित बनाउने कोसिस भइरहेको बताए। विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न पनि संयोजक श्रेष्ठले सरकारसँग जोडदार माग गरे।
कार्यक्रममा बालकदेखि बृद्धसम्म र युवायुवतीहरुको बाक्लो उपस्थिति थियो । जागरुक युवा अभियान नेपालले नेपाली टोपीको संरक्षण र प्रवर्द्धनका लागि भन्दै हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाउँदै आएको छ ।
नेपाली शब्दकोषमा शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षाका निम्ति घेरा हाली सिलाइएको वस्त्रलाई टोपी वा शिरपोस भनिएको छ । ढाका र भादगाउँले टोपीको आगमन, प्रयोग र विस्तार जसरी भए पनि अहिले विश्व समुदायले झट्ट देख्ने बित्तिकै नेपालीलाई चिन्ने एउटा गर्विलो पहिरन टोपी हो ।
खास जात्रा पर्व र अवसरमा विभिन्न समुदायले विभिन्न आ–आफ्नो सामुदायिक टोपीहरु लगाउने गरे पनि सामान्यतः कामकाजदेखि वैदेशिक यात्राका बेला र विदेशी पर्यटक नेपाल आउँदा ढाका टोपी नै लगाइदिने प्रचलन बढेको छ । पछिल्लो समय युवापुस्तामा नेपाली टोपीप्रतिको क्रेज बढ्दो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: