Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

काठमाडौंको वसन्तपुरमा मनाइयो नेपाली टोपी दिवस

खबरडबली संवाददाता

काठमाडौं । जागरुक युवा अभियान नेपालले १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाएको छ । अभियन्ताहरुले ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने नारासहित बुधबार काठमाडौंको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अभियानका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए। उनले १२ वर्षअघि कठिनताका साथ सुरुवात गरिएको कार्यक्रम अहिले देश विदेशभर फैलिएको भन्दै खुसी व्यक्त गरे। श्रेष्ठले नेपाली टोपी अभियान कुनै पनि अभियानको विरोधमा नरहेको भन्दै केही तत्वहरुले विवादित बनाउने कोसिस भइरहेको बताए। विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न पनि संयोजक श्रेष्ठले सरकारसँग जोडदार माग गरे।

कार्यक्रममा बालकदेखि बृद्धसम्म र युवायुवतीहरुको बाक्लो उपस्थिति थियो । जागरुक युवा अभियान नेपालले नेपाली टोपीको संरक्षण र प्रवर्द्धनका लागि भन्दै हरेक वर्ष जनवरी १ तारिखका दिन अन्तर्राष्टिय नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

नेपाली शब्दकोषमा शिर छोप्ने, शिरको शोभा बढाउने वा शिरको रक्षाका निम्ति घेरा हाली सिलाइएको वस्त्रलाई टोपी वा शिरपोस भनिएको छ । ढाका र भादगाउँले टोपीको आगमन, प्रयोग र विस्तार जसरी भए पनि अहिले विश्व समुदायले झट्ट देख्ने बित्तिकै नेपालीलाई चिन्ने एउटा गर्विलो पहिरन टोपी हो ।

खास जात्रा पर्व र अवसरमा विभिन्न समुदायले विभिन्न आ–आफ्नो सामुदायिक टोपीहरु लगाउने गरे पनि सामान्यतः कामकाजदेखि वैदेशिक यात्राका बेला र  विदेशी पर्यटक नेपाल आउँदा ढाका टोपी नै लगाइदिने प्रचलन बढेको छ । पछिल्लो समय युवापुस्तामा नेपाली टोपीप्रतिको क्रेज बढ्दो छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति सच्याइने: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...

लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु

बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको  सरकारी मिडियाले जनाएको छ...

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द

तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...

समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै

काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...

कोइराला पक्षको आकस्मिक छलफल

काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...

संघीय संसद्का ८ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...

रास्वपाले बुधबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending