Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’

खबरडबली संवाददाता

गण्डकी। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताएको छन ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताए।

“हिउँदको मौसममा वन क्षेत्र सुक्खा हुने र पात पतिङ्गरमा छिटो आगोले टिप्ने हुँदा जोखिम बढ्ने गरेको हो”, उनले भने, “वन समूहका उपभोक्तामा सोत्तरलाई सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादन गर्न उद्योग ऐनले सामुदायिक वन उद्यम दर्ता रोकेको छ ।”

उपभोक्ताले वनको संरक्षण सम्वर्द्धन र विकासमा योगदान गर्दै आएको बताउँदै उपयोगमा कतिपय कानुनी अड्चनले गर्दा उपयोगको पाटो कमजोर बन्दै गएकाले संरक्षणमा समेत जटिलता उत्पन्न भएको अध्यक्ष भण्डारीले बताए। उनले सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे।

“मानव वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा सुरक्षाको कारण स्थानीय बासिन्दा सहर केन्द्रित हुन बाध्य छन् । ग्रामीण क्षेत्रका अधिकांश जमिन बाँझिएको छ । तीनै तहका सरकारले वनको संरक्षणकर्ता उपभोक्तालाई सहयोग र सहकार्य गर्नु आवश्यक छ”, अध्यक्ष भण्डारीले भने। उनले वन कार्यायोजना विधानको परिधिभित्र रहेर कार्य सम्पादन गर्न उपभोक्ता समूहलाई आग्रह गरे। वन क्षेत्रमा निर्माण गरिने प्रत्येक संरचनामा फलाम नभई काठ प्रयोग गर्नुपर्नेमा उनले जोड दिए। 

महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घ केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमाल, केन्द्रीय सदस्य हरि बास्तोला, दोवबहादुर कार्की, खुमप्रसाद सुवेदी, पशुपति ठकुरी, सीता गुरुङ, सीता खड्का, रत्ना घिमिरे डोलकुमारी सापकोटा, प्रदेश महासचिव आसु विक, सचिव केशवचन्द्र न्यौपानेलगायत वक्ताले वन क्षेत्रको महत्व र उपयोगका सम्बन्धमा प्रकाश पारेको थिए। कार्यक्रममा महासङ्घ प्रदेश कमिटीलगायत जिल्ला अध्यक्षहरूको सहभागिता थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति सच्याइने: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...

लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु

बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको  सरकारी मिडियाले जनाएको छ...

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द

तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...

समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै

काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...

कोइराला पक्षको आकस्मिक छलफल

काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...

संघीय संसद्का ८ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ८ वटा संसदीय समितिका बैठक बस्दैछन्। विभिन्न समितिहरूमा मन्त्रालयका कामकारबाही, बजेट कार्यान्वयन, सडक सुरक्षा, शिक्षा...

रास्वपाले बुधबार बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख ३० गते बुधबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ९ बजे वन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending