बाजुरा। बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ । यहाँका किसानले उत्पादन गरेको अर्गानिक कोदो पहिला कतै बिक्री हुँदैन थियो । कोदो कतै बिक्री नहुने गरेकोले यहाँका कतिपयले कृषकले आफूलाई खानका लागि मात्र कोदो लगाउने गरेका थिए ।
पछिल्लो समय यहाँका स्थानीय तहले किसानलाई कोदो खेतीमा उत्प्रेरित गर्दै आएपछि अहिले यहाँ कोदो राम्रो उत्पादन हुने गरेको छ । अहिले यहाँ उत्पादन हुने गरेको कोदोलाई देशका विभिन्न ठाउँमा माग हुन थालेको छ । र कतिपय व्यापारीहरुले किसानको घरमै पुगेर कोदो खरिद गर्ने गरेका छन् ।
अहिले जिल्लाका विभिन्न बजारमा समेत बिक्री हुने गरेको छ । कोदोको परिकारलाई अहिले स्थानीय तहले पनि विद्यालय तथा अन्य सरकारी संस्थामा खाजाको रुपमा लिने गरेकोले पछिल्लो समय कोदोको निकै माग बढेको छ ।
जिल्ला विभिन्न ठाउँमा मात्र कोदो बिक्री नभई अहिले बाहिर समेत कोदो बिक्री भएको छ । गत मङ्सिरदेखि पुस २ गते सम्म झण्डै एक हजार दुई सय क्वीन्टल भन्दाबढी कोदो जिल्ला बाहिर निर्यात भएको बुढीगङ्गा नगरपालिका –१० का कृषक भोलाराम जैशीले बताए ।
उनले भने, “बाजुरादेखि झण्डै बाह्र सय क्वीन्टलभन्दा बढी कोदो जिल्ला बाहिर निर्यात भएको छ भने अझै कोदो गाउँदेखि बजारमा आउने क्रम जारी छ । अहिले एक किलोको २५ देखि ४० रुपियाँमा दिने गरेको छ ।”
माथिलो क्षेत्रमा के कती कोदो बिक्री भएको छ । त्यो मलाई थाहा छैन । तल्लो क्षेत्रका बुढीगङ्गा त्रिवेणी खप्तड छेडेदह गाउँपालिकाका विभिन्न गाउँ बस्तीबाट भने बाह्रसय भन्दाबढी कोदो यहाँदेखि बाहिर गएको जैशीले बताए।
बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, खापर रबुढीनन्दा नगरपालिकामा पनि कोदो राम्रो उत्पादन हुने गर्दछ । यहाँका अधिकाशं ठाउँमा हिउँदको महिना भोकमरी हुने सम्भावना देखिने भएकोले कोदोलाई गाउँमै प्रयोग गर्नै र बाहिर लिन नदिएको जगनाथ गाउँपालिका कृषि शाखा प्रमुख निवेश कटेलले बताउनुए ।
उनले भने, “जिल्लाका अन्य ठाउँदेखि कोदो बाहिरीने भएको भएपनि यता देखि भने कोदो कतै बिक्री भएको छैन । ” जगनाथ गाउँपालिकामा झण्डै दुइ सय हेक्टर जमिनमा चार सय मेट्रिटन कोदो उत्पादन हुने गरेको कटेलले बताए।
हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका विभिन्न ठाउँमा कोदो उत्पादन हुने गरेको छ । अहिले देश विभिन्न होटलमा अर्गानिक खानाको माग बढेको छ । यहाँ पनि अगार्निक कोदो उत्पादन हुने गरेकोले पछिल्लो समय कोदो खरिद गर्नका लागि जिल्ला बाहिरबाट व्यापारी गाउँमा पुग्ने गरेका छन् ।
यहाँ दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेती योग्य छ । त्यसमा पाँच हजार दुइ पचाँस हेक्टर जमिनमा कोदो खेती गरिन्छ भने छ हजार तीन समय मेटन कोदो उप्पादन हुन्छ । यसमा १।२ मेट्रिन उत्पादकत्व रहेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख दसिराम साहनीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - १९:४९
जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...
आषाढ़ १८ गते, २०८३ - १९:४१
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...
आषाढ़ १८ गते, २०८३ - १३:२९
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:१९
काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...
आषाढ़ १८ गते, २०८३ - १३:०२
काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...
आषाढ़ १८ गते, २०८३ - १२:५२
धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...
आषाढ़ १८ गते, २०८३ - १२:२५
कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...
आषाढ़ १८ गते, २०८३ - ११:५०
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...
आषाढ़ १८ गते, २०८३ - ११:३८
तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...



प्रतिकृया लेख्नुहोस्: