बाजुरा। बाजुरामा केही सयम पहिला कतै बिक्री नहुने कोदो देशका विभिन्न ठाउँमा निर्यात हुन थालेको छ । यहाँका किसानले उत्पादन गरेको अर्गानिक कोदो पहिला कतै बिक्री हुँदैन थियो । कोदो कतै बिक्री नहुने गरेकोले यहाँका कतिपयले कृषकले आफूलाई खानका लागि मात्र कोदो लगाउने गरेका थिए ।
पछिल्लो समय यहाँका स्थानीय तहले किसानलाई कोदो खेतीमा उत्प्रेरित गर्दै आएपछि अहिले यहाँ कोदो राम्रो उत्पादन हुने गरेको छ । अहिले यहाँ उत्पादन हुने गरेको कोदोलाई देशका विभिन्न ठाउँमा माग हुन थालेको छ । र कतिपय व्यापारीहरुले किसानको घरमै पुगेर कोदो खरिद गर्ने गरेका छन् ।
अहिले जिल्लाका विभिन्न बजारमा समेत बिक्री हुने गरेको छ । कोदोको परिकारलाई अहिले स्थानीय तहले पनि विद्यालय तथा अन्य सरकारी संस्थामा खाजाको रुपमा लिने गरेकोले पछिल्लो समय कोदोको निकै माग बढेको छ ।
जिल्ला विभिन्न ठाउँमा मात्र कोदो बिक्री नभई अहिले बाहिर समेत कोदो बिक्री भएको छ । गत मङ्सिरदेखि पुस २ गते सम्म झण्डै एक हजार दुई सय क्वीन्टल भन्दाबढी कोदो जिल्ला बाहिर निर्यात भएको बुढीगङ्गा नगरपालिका –१० का कृषक भोलाराम जैशीले बताए ।
उनले भने, “बाजुरादेखि झण्डै बाह्र सय क्वीन्टलभन्दा बढी कोदो जिल्ला बाहिर निर्यात भएको छ भने अझै कोदो गाउँदेखि बजारमा आउने क्रम जारी छ । अहिले एक किलोको २५ देखि ४० रुपियाँमा दिने गरेको छ ।”
माथिलो क्षेत्रमा के कती कोदो बिक्री भएको छ । त्यो मलाई थाहा छैन । तल्लो क्षेत्रका बुढीगङ्गा त्रिवेणी खप्तड छेडेदह गाउँपालिकाका विभिन्न गाउँ बस्तीबाट भने बाह्रसय भन्दाबढी कोदो यहाँदेखि बाहिर गएको जैशीले बताए।
बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, खापर रबुढीनन्दा नगरपालिकामा पनि कोदो राम्रो उत्पादन हुने गर्दछ । यहाँका अधिकाशं ठाउँमा हिउँदको महिना भोकमरी हुने सम्भावना देखिने भएकोले कोदोलाई गाउँमै प्रयोग गर्नै र बाहिर लिन नदिएको जगनाथ गाउँपालिका कृषि शाखा प्रमुख निवेश कटेलले बताउनुए ।
उनले भने, “जिल्लाका अन्य ठाउँदेखि कोदो बाहिरीने भएको भएपनि यता देखि भने कोदो कतै बिक्री भएको छैन । ” जगनाथ गाउँपालिकामा झण्डै दुइ सय हेक्टर जमिनमा चार सय मेट्रिटन कोदो उत्पादन हुने गरेको कटेलले बताए।
हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह लगायतका विभिन्न ठाउँमा कोदो उत्पादन हुने गरेको छ । अहिले देश विभिन्न होटलमा अर्गानिक खानाको माग बढेको छ । यहाँ पनि अगार्निक कोदो उत्पादन हुने गरेकोले पछिल्लो समय कोदो खरिद गर्नका लागि जिल्ला बाहिरबाट व्यापारी गाउँमा पुग्ने गरेका छन् ।
यहाँ दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेती योग्य छ । त्यसमा पाँच हजार दुइ पचाँस हेक्टर जमिनमा कोदो खेती गरिन्छ भने छ हजार तीन समय मेटन कोदो उप्पादन हुन्छ । यसमा १।२ मेट्रिन उत्पादकत्व रहेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख दसिराम साहनीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - १७:१९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेन–जी अगुवाहरूबीच भेटवार्ता भएको छ। बिहीबार अपराह्न साढे ४ बजे उनीहरूबीच छलफल सुरु भए...
पौष १० गते, २०८२ - १७:०५
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...
पौष १० गते, २०८२ - १६:५०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब आइरहेको गुनासो गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोग...
पौष १० गते, २०८२ - १६:३६
काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। आज अपराह्न, भट्टराई ललितपुरस्थित छलफल स्थलमा अपराह्न...
पौष १० गते, २०८२ - १६:२९
काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले आफू जाँचबुझ आयोगमा बयान दिन जाने तयारीमा रहेको बताएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर...
पौष १० गते, २०८२ - १६:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग रास्वपा नेता शिशिर खनालले भेट गरेका छन्। नेता खनाल भेटका लागि ललितपुरको ज्वागलस्थित मेयर शाहका सह...
पौष १० गते, २०८२ - १६:१५
चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदव...
पौष १० गते, २०८२ - १६:०७
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच फेरि राजनीतिक छलफल हुने भएको छ। आगामी निर्वाचनमा सहकार्य गर्ने ...
पौष १० गते, २०८२ - १५:३४
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेका छन्। यो वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको ...
पौष १० गते, २०८२ - १५:१३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताएको छिन्। बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोध...




प्रतिकृया लेख्नुहोस्: