Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

तराईका जिल्ला अत्याधिक चिसो, चिसोवाट जोगिन चिकित्सकको सुझाव

खबरडबली संवाददाता

भैरहवा। तराईमा केही दिन यता चिसो ह्वात्तै बढेको छ।

बिहानैदेखि भैरहवामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। भैरहवामा पनि चिसो बढेसँगै शीतलहरसुरु भएको छ । आइतबारसम्म घाम लाग्दै आए पनि सोमबार देखि भने शीतलहर चल्न थालेको र बुधबार पनि चिसो अत्यधिक बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अबको केहीदिन सम्म तराईका धेरै स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने र सो समयमा दैनिक जनजीवनमा असर पर्न सक्ने देखीएको छ । चिसोबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ। चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्।

शीतलहर सुरु भएसंगै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन स्थानीयवासीहरुलाई आग्रह गरेका छन । चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र तथा समुदाय पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चाल्ने उनले जानकारी दिए ।

यसैगरी भिम अस्पतालका सुचना अधिकारी डा. आरिफ हुसेनले चिसोको कारणले धेरै जसो बालबालिकाहरुमा रुघाखोकी, छातीको इन्फेक्सन, निमोनिया, रुघाखोकी साथसाथै बान्ता आउने, ज्वरो आउनु, पेट दुख्नु लगायत विभिन्न समस्याहरु देखा पर्दछ, जुन अत्याधिक चिसो भए पछि देखिने लक्षणहरु हुन् ।

यस्ता लक्षणहरु देखिएमा बच्चाहरुलाई आफैले औषधि किनेर खुवाउनु भन्दा अस्पतालमा चिकित्सककाे परार्मशले मात्र औषधिहरु दिने गर्नु पर्छ । डा. हुसेन भन्छन, 'बाहिर पसलहरुबाट औषधि किने खुवाउँदा बच्चाहरु सिरियस हुने र निमोनिया अझ बढ्ने देखीन्छ ।' उनले  जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न पनि सुझाव दिए । 

जाडोको समयमा पानी कम खाने बानी हुँदा डिहाइड्रेसन बढ्न सक्ने भएकाले तातो पानी खानुपर्ने उनकाे सुझाव छ । चिसो अत्याधिक बढेकाले सबैमा सजकता अपनाउन डा. हुसेनले आग्रह गरेका छन ।

 


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...

प्रतिनिधिसभामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति सच्याइने: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...

लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु

बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको  सरकारी मिडियाले जनाएको छ...

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द

तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...

समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै

काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...

कोइराला पक्षको आकस्मिक छलफल

काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending