Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८२ बुधबार | 7th May, 2025 Wed
Investment bank

धनगढीमा लागूऔषधसहित दश जना पक्राउ

खबरडबली संवाददाता

धनगढी। प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–२ राजीपुरका २३ वर्षीय विक्रम बुढा, १९ वर्षीय मिलन टमटा, धनगढी उपमहानगरपालिका–३ स्थित केदार टोलमा चिया नास्ता पसल गर्ने ४० वर्षीय खेमराज महरा रहेका छन् ।

त्यस्तै, कृष्णपुर नगरपालिका–७ का ३४ वर्षीय मोहन राना, धनगढी उपमहानगरपालिका–७ का २५ वर्षीय प्रभुपन राना, १८ वर्षीय अमन राना रहेका छन् । यसैगरी, धनगढी उपमहानगरपालिका–१३ का २९ वर्षीय बाहाली राना, वडा नम्बर ६ का ३१ वर्षीय दिपक राना, कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय प्रदीप राना, ३० वर्षीय अनिल राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

१० जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले आठ ग्राम ४९० मिलिग्राम खैरो हेरोइन र ६९ ग्राम ३४० मिलिग्राम चरेश बरामद गरेको छ । कर्डन एण्ड स्वीप अपरेसन गरेर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गरौँ: मन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सत्यको मार्गदर्शन गराउने ज्ञानलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । नागार्...

पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। थापाथालीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो उनको निधन भएको उनका भाई समिर नेपाल...

पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पतालमा भर्ना भएका छन् । थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई...

बिल गेट्ससँग विनोद चौधरीको भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं नेपाली अर्बपति विनोद चौधरी र माइक्रोसफ्टका सह संस्थापक बिल गेट्सबिच सिंगापुरमा भेट भएको छ। मङ्गलवार सिंगापुरमा ...

सेयर बजारमा हरियाली, कारोबार ९ अर्ब नजिक

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ। जसअनुसार मंगलबार नेप्से सूचक २६११.४३ अंकमा पुगेर बन्द भएको छ । कारोबार ९ अर्ब नजिकआज मंगलबार कुल ३ सय १८...

वीर अस्पताल १३५ बर्षमा, राष्ट्रपतिले गरे प्रशंशा

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम...

एमाले धनुषा अधिवेशनमा झडप, दुई जनाको टाउको फुट्यो

जनकपुरधाम । नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा दुई नेतासहित पाँच जना घाइते भएका छन् । यसरी घाइते हुनेमा एमालेका ...

मकवानपुरमा कुखुरा बोकेको पिकअप दुर्घटना

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक कुखुरा बोकेका बोलेरो पिकअप गाडी दुर्घटना भएको छ । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै...

प्रभु साहको प्रश्न: आफ्नो जन्मदिन पुरै धुमधामका साथ मनाउने प्रधानमन्त्रीर्ले सीताको जन्मदिन कसरी बिर्सिनुभयो ?

काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु शाहले जानकी जयन्तीलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा ...

नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन: स्वास्थ्यमन्त्री

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेको छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending