Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

भेरी अस्पतालको सिटिस्क्यान मर्मत नहुँदा बिरामीलाई सास्ती

खबरडबली संवाददाता

नेपालगन्ज। पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिनादेखि बिग्रिएर थन्किएको छ ।

विभिन्न दुर्घटनामा परेका तथा टाउको लगायतमा चोट लागेका बिरामीको उपचारका लागि अहम मानिने सिटिस्क्यान बिग्रिएको पाँच महिना बिते पनि मर्मत सम्भार नगरिँदा सो अस्पतालमा आउने बिरामीलाई समस्या भएको छ ।

सिटिस्क्यानले काम नगर्दा सस्तोमा उपचार सेवा पाउने आसमा आएका दुरदराजका बिरामीले महँगो शुल्क तिरेर बाहिर निजी स्वास्थ्य संस्थामा गई सिटिस्क्यान गराउन बाध्य रहेको अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।

उनले सिटिस्क्यान नहुँदा सस्तो र सहुलियतमा उपचार गराउन अस्पतालमा पुग्ने गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले उपचारनै नपाएको अवस्था समेत रहेको बताए।

अस्पताल प्रशासनले सिटिस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाइ नभएको जनाइएको छ । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले सिटिस्क्यान मेसिनको ट्युब बिग्रिएको जनाउँदै त्यसलाई बनाउन एक करोड रुपियाँ लाग्ने भएकोले समस्या आएको बताए ।

उनले पुरानो मेसिनमा एक करोड खर्च गर्नुभन्दा अत्याधुनिक मेसिन खरिद गरेर ल्याउनतर्फ लागेकोले समय लागि रहेको बताए।

भेरीमा रहेको सिटिस्क्यान मेसिन १३ वर्ष पुरानो रहेकोले सो मेसिनमा एक करोड खर्च गरेर बनाउने अनि फेरि केही दिनमै बिग्रियो भने के गर्ने भन्ने चिन्ताले पनि नयाँ मेसिन ल्याउनेतर्फ ध्यान गएको अस्पतालको भनाइ छ । 

अस्पतालका मेसु डा। सुवेदीले आफूले नेपालगन्जमा आइपुग्ने स्वास्थ्य लगायतका अन्य मन्त्री र सांसदहरूलाई समेत सिटिस्क्यान मेसिनको समस्या बताउने गरेको सुनाए। तर सो मेसिनको मर्मत वा नयाँ मेसिन खरिदको पक्रिया दुबै अझै पनि सुरु हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट दुर्घटनामा परेर आएका वा टाउकोमा समस्या भएर आएका बिरामीलाई अस्पतालमा सिटिस्क्यान नहुँदा सबैभन्दा बढी सास्ती भोग्नु परेको छ ।

अस्पतालमा सिटिस्क्यान नहुँदा कतिपय बिरामीले त महङ्गो शुल्क तिरेर बाहिरबाट सिटिस्क्यान गराउनुभन्दा रोग पालेर बस्न बाध्य रहेको बताइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वरथी बालानन्द शर्माले लिए परराष्ट्रमन्त्री पदको शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्।...

अर्घाखाँचीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची। भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइ...

नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण

संयुक्त राज्य अमेरिका। राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिएको क...

रवि–बालेन भेटवार्ता निर्णायक चरणमा, रविसँग आसिफ, असीम र कुमारको वार्ता सकियो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्णायक भेटवार्ता तयारी अन्तिम चरणमा पुगेको छ। केह...

प्रचण्ड र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता, निर्वाचन र समसामयिक विषयमा छलफल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबीच शुक्रबार भेटवार्ता भएको छ। सञ्चारमन्त्री खरेल प्रचण्डलाई भेट्न उनकै...

आगो, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।   स्वास्थ्य तथा जनस...

जेनजी आन्दोलन संविधानको मर्म सुदृढ बनाउने अवसर : उपराष्ट्रपति यादव

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएको छन् । उच्च शिक्षालय तथा माध्यमिक विद...

प्रतिनिधि सभा निर्वाचनका लागि ४५ दिनअघि आचारसंहिता लागू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको ४५ दिनअघि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगल...

अध्यक्ष ओली र सञ्चारमन्त्री खरेलबिच भेटवार्ता, वातावरण बने निर्वाचनमा भाग लिने ओलीको प्रतिवद्धता

काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष तथा नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भे...

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ लिँदै

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज मन्त्रीका रूपमा सरकारमा सहभागी हुँदैछन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई आज दिउँसो २ बजे शपथ गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending