Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

भेरी अस्पतालको सिटिस्क्यान मर्मत नहुँदा बिरामीलाई सास्ती

खबरडबली संवाददाता

नेपालगन्ज। पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिनादेखि बिग्रिएर थन्किएको छ ।

विभिन्न दुर्घटनामा परेका तथा टाउको लगायतमा चोट लागेका बिरामीको उपचारका लागि अहम मानिने सिटिस्क्यान बिग्रिएको पाँच महिना बिते पनि मर्मत सम्भार नगरिँदा सो अस्पतालमा आउने बिरामीलाई समस्या भएको छ ।

सिटिस्क्यानले काम नगर्दा सस्तोमा उपचार सेवा पाउने आसमा आएका दुरदराजका बिरामीले महँगो शुल्क तिरेर बाहिर निजी स्वास्थ्य संस्थामा गई सिटिस्क्यान गराउन बाध्य रहेको अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।

उनले सिटिस्क्यान नहुँदा सस्तो र सहुलियतमा उपचार गराउन अस्पतालमा पुग्ने गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले उपचारनै नपाएको अवस्था समेत रहेको बताए।

अस्पताल प्रशासनले सिटिस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाइ नभएको जनाइएको छ । भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले सिटिस्क्यान मेसिनको ट्युब बिग्रिएको जनाउँदै त्यसलाई बनाउन एक करोड रुपियाँ लाग्ने भएकोले समस्या आएको बताए ।

उनले पुरानो मेसिनमा एक करोड खर्च गर्नुभन्दा अत्याधुनिक मेसिन खरिद गरेर ल्याउनतर्फ लागेकोले समय लागि रहेको बताए।

भेरीमा रहेको सिटिस्क्यान मेसिन १३ वर्ष पुरानो रहेकोले सो मेसिनमा एक करोड खर्च गरेर बनाउने अनि फेरि केही दिनमै बिग्रियो भने के गर्ने भन्ने चिन्ताले पनि नयाँ मेसिन ल्याउनेतर्फ ध्यान गएको अस्पतालको भनाइ छ । 

अस्पतालका मेसु डा। सुवेदीले आफूले नेपालगन्जमा आइपुग्ने स्वास्थ्य लगायतका अन्य मन्त्री र सांसदहरूलाई समेत सिटिस्क्यान मेसिनको समस्या बताउने गरेको सुनाए। तर सो मेसिनको मर्मत वा नयाँ मेसिन खरिदको पक्रिया दुबै अझै पनि सुरु हुन नसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट दुर्घटनामा परेर आएका वा टाउकोमा समस्या भएर आएका बिरामीलाई अस्पतालमा सिटिस्क्यान नहुँदा सबैभन्दा बढी सास्ती भोग्नु परेको छ ।

अस्पतालमा सिटिस्क्यान नहुँदा कतिपय बिरामीले त महङ्गो शुल्क तिरेर बाहिरबाट सिटिस्क्यान गराउनुभन्दा रोग पालेर बस्न बाध्य रहेको बताइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ। एमाले संसदीय दलका ने...

राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट...

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको चुनौती, सन्दीप लामिछानेले लिए चार विकेट

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिक...

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...

प्रतिनिधिसभामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति सच्याइने: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...

लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु

बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको  सरकारी मिडियाले जनाएको छ...

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending