Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

नारायणीको पानी नवलपुर फर्काउन नदी पीडितको अवरोध

खबरडबली संवाददाता

नवलपुर। जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणी पीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने काम रोकिएको छ ।

बिहीबार र शुक्रबार दुईवटा डोजरले खनेर नारायणीको बहाव परिवर्तन गराउने प्रयास गरेकोमा नदी पीडितले अवरोध गरेपछि तत्काललाई काम रोकिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले जानकारी दिए।

२०५८ सालमा नारायणीमा आएको बाढीले पीडित बनाएकाहरूले अहिलेसम्म राहात नपाएको र अहिले नदीको धार परिवर्तन गराउँदा वर्षामा फेरी बाढीको जोखिम हुन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दाले विरोध गरेका हुन् । उनीहरूले अदालतले समेत राहात दिन आदेश दिइसकेकाले सरकारले तत्काल राहात उपलब्ध गराउनु पर्ने, वर्षामा बाढी पस्न नसक्ने गरी तटबन्ध निर्माण गर्नु पर्ने र नारायणीलाई साविककै धारमा बगाउनु पर्ने माग गरेका छन् ।

देवचुली नगरपालिका वडा नं। १७ का नारायणी पीडित नारायण थनेतले तत्काल आफूहरूलाई राहत दिनु पर्ने र राहत दिन नसक्ने हो भने नदीलाई साविककै स्थानबाट बग्ने गरी धार परिवर्तन गराउनु पर्ने बताए। साविक नारायणी देवचुलीको पिप्रहर पारीको भङ्गालोबाट बगेको थियो । त्यसो गर्दा वर्षामा थप क्षति हुन नसक्ने थनेतले बताए।

२०५८ सालमा नारायणीमा आएको बाढीले एक सय विघाभन्दा बढी नम्बरी जग्गा बगरमा परिणत गरेको तर अहिलेसम्म क्षतिपूर्ति नपाएको पीडितको गुनासो छ । पिप्रहरका स्थानीयको मात्रै ६० बिघा जमिन नारायणीले बगर बनाइदिएको छ । नारायणीलाई साविककै ठाउँबाट बगाउन नसके वर्षाको समयमा फेरि क्षति व्यहोर्नु पर्ने पिठौली मौजा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कँडेलले बताए।

जवाफमा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले यो विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताए। नारायणी नदीले गरेको कटान रोक्नका लागि तटबन्ध बनाउन र पीडितका लागि राहात उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण पत्र बुझाउनु पर्ने उनको भनाइ छ ।

त्यसका लागि आफूले पहल गर्ने न्यौपानेले प्रतिबद्धता जनाए । ‘‘तपाईहरूको माग जायज छन्, यसमा मैले एक्लै गर्न सक्ने केही छैन, तपाईहरू सङ्गठित हुनुस्, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराऔं, समय व्यवस्थापन म गर्छु,’’ नगरप्रमुख न्यौपानेले भने।

जिल्ला समन्वय समितिको पहलमा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी लगायतको उपस्थितिमा बिहीबारदेखि डोजर लगाएर नारायणीको धार परिवर्तन गरी पानी नवलपुर तिर ल्याउने प्रयास गरिएको थियो ।

नारायणीको उत्खनन् धेरै हुँदा नदी गहिरिएर दक्षिणी भङ्गालो ९चितवन क्षेत्र० मा पानीको बहाव धेरै हुँदा उत्तरी भङ्गालो ९नवलपुर क्षेत्र० भने हिउँद लागेलगत्तै सुक्खाग्रस्त हुँदै गएको छ । यसका कारण मानिस मरेर जलाएको खरानी बगाउन र दाहसंस्कारपछि नुहाउन तथा सरसफाइ गर्न निकै समस्या परेको स्थानीयले गुनासो गर्ने गरेका छन् ।

नदीको धार परिवर्तनले घडियाल गोहीको वासस्थान नै लोप हुँदै गएको छ भने गैँडाका लागि आहाल खेल्ने पानीको समेत समस्या भएको संरक्षणकर्मीले बताएका छन् । नारायणीको उत्तरी भङ्गालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधि सँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताए।

उत्तरी भङ्गालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तुसमेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने गैँडाकोट–११ का अध्यक्ष सुवेदीले बताए।

नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि केही किलोमिटर तल सिख्रौलीघाटबाट नारायणी नदी दुई वटा भङ्गालोमा बाँडिएर बगेको छ । उत्तरी र दक्षिणी भङ्गालो अमलटारीघाटमा आएर मिसिने हुँदा अमलटारीदेखि सिख्रौलीसम्मको उत्तरी भङ्गालो लगभग सुक्खा भएपछि नदीमा आश्रित वन्यजन्तु, जलचर मात्रै नभएर नदीबाट जीविकोपार्जन गर्ने ठुलो सङ्ख्याका सर्वसाधारण समस्यामा परेका देखिन्छ ।

नारायणीको उत्तरी भङ्गालोमा पानी सुक्दै गएपछि नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर समुदाय पनि समस्यामा परेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ। एमाले संसदीय दलका ने...

राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट...

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको चुनौती, सन्दीप लामिछानेले लिए चार विकेट

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिक...

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...

प्रतिनिधिसभामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति सच्याइने: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...

लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु

बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको  सरकारी मिडियाले जनाएको छ...

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending