Ntc summer Offer
Khabar Dabali २३ पुष २०८१ मंगलवार | 7th January, 2025 Tue
Investment bank

रास्वपाको ठहर- सभापति लामिछानेमाथि प्रतिशोध राखेर सरकारले सहकारी अध्यादेश ल्यायो

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले पार्टी सभापति रवि लामिछानेलाई अप्ठ्यारोमा पार्ने नियतले सहकारीसम्बन्धी अध्यादेश ल्याएको ठहर गरेको छ । स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा शनिबारबाट सुरु केन्द्रीय समिति बैठकमा अध्यादेशलगायत विषयमा छलफल जारी छ । 

यसबारे आज पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने प्रवक्ता मनीष झाले बताए।

उनले भने, ‘अध्यादेशका विषयमा पर्याप्त छलफलका लागि शनिबार समय पुगेन । त्यो एजेन्डालाई विशेष रूपमा छलफल गरेर आइतबार निर्णय गर्छौँ। अध्यादेश ल्याउँदा सभापतिमाथि राजनीतिक प्रतिशोध राखेको स्पष्ट आधारहरू छन् ।’ 

केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले सरकारले आफूनिकटलाई जोगाउने उद्देश्य राखेर ‘सहकारीसम्बन्धी अध्यादेश, २०८१’ ल्याएको जिकिर गरे । उनले सहकारीपीडितलाई न्याय दिनेभन्दा पनि सभापति लामिछानेमाथि प्रतिशोध साँध्ने गरी विधेयकमा व्यवस्था राखिएको दाबी गरे । 

उनले भने, ‘अध्यादेश सहकारी समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने समयमा सरकारले आफू र आफूनजिककालाई जोगाउने र सहकारीलाई अझै धाराशयी बनाउने प्रक्रियामा भूमिका खेलेको छ।’ 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा भीषण हिमआँधी- ७ राज्यमा आपत्‌काल घोषणा, जनजीवन प्रभावित

काठमाडौं । अमेरिकामा आएको भीषण हिमआँधीका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् भने धेरै राज्यमा आपत्‌काल घोषणा गरिएको छ । बीबीसीका अनुसार केन्टक...

रवि लामिछानेको तर्फबाट आज सोविता गौतमले बहस गर्ने

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा सोमबार रास्वपा सभापति रवि लामिछानेका वकिलले बहस गर्ने भएका छन्।  सात प्रतिवादीविरुद...

भारी हिमपातले युरोपभर व्यापक अवरोध

एजेन्सी । भारी हिमपात र चिसो वर्षाले आइतबार युरोपभर व्यापक अवरोध ल्यायो । विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडानहरू स्थगित गर्न बाध्...

अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित

हेटौंडा । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र  हेटौँडाको अतिक्रमणमा परेको जग्गा अझै फिर्ता नहँुदा माछा पोखरी असुरक्षित भएको छ । व...

माओवादी बैठकमा प्रस्ताव- कांग्रेस र एमालेसँग गठबन्धन नगर्ने, माधवदेखि प्रभु साहसँग एकता गर्ने

ओली नेतृत्वको भण्डाफोर गर्दै जनतामा जानुपर्नेमा एकमत

यस्तो छ तरकारी र फलफूल आजको मूल्य (सूचीसहित)

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...

स्वर्णलक्ष्मी सहकारीमा सहसचिव रहेकी कांग्रेस सांसद राईलाई सोधपुछसमेत नगरी उन्मुक्ति

जिबीका पार्टनरसमेत रहेका एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्षलाई जोगाउन फरार बनाएर मुद्दा दायर

गाई पनि सहकारीपीडित !

काठमाडौं । बाँधेकै ठाउँमा गाई मर्न थाले । गाईलाई दिने दाना, घाँस र पराल सकिएपछि श्रमिक पनि पिरलोमा परे । दुहुना गाई र ससाना बाच्छाबाच्छीको बिजोक हेर्न...

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विश...

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरले यहाँस्थित घण्टाघरचोकसँगै रहेको बिपी उद्यानको अतिक्रमण गरेर बनाएका अस्थायी घर–टहरा हटाउन थालेको छ । महानगरले दुई पटक सार्वजन...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy