Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

सहरीया मतदाताले एमालेलाइ पत्याउन छाडेको ओलीको स्विकारोक्ति

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेले सहरमा पार्टीले उल्लेखित लोकप्रियता गुमाएको स्विकार गरेका छन् ।

संघ, प्रदेश र स्थानिय तहका उपनिर्वाचन परिणाम प्रति सन्तुष्ट देखिएका अध्यक्ष ओलीले सहरिया मत खस्केकोमा भने चिन्ता ब्यक्त गरेका छन् ।

नेकपा माओवादीले सबैभन्दा बढी मत ल्याएको भन्ने कुनै तर्कसंगत नभएको जनाएका ओलीले किर्तिपुर, काठमाडौं–१६ मा मत गुमेको भने आज पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन । ‘विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु (यद्यपि यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ), कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गंभीरतापूर्वक लिनु पर्छ,’ ओलीले प्रतिबेदनमा भनेका छन, ‘आफूले विजय हासिल गरेका ठाउँमा पार्टी र जनप्रतिनिधिहरुले थप मिहिनेत गर्नु पर्ने र सहरिया मतदातामाझ नेकपा (एमाले) ले अझै मेहनत गर्नु पर्ने शिक्षा यस निर्वाचनबाट प्राप्त भएको छ ।’ 

ओलीले उपनिर्वाचनको बारेमा राखेको दृष्टीकोण यस्तो छः 

गएको २०८१ वैशाख १५ मा इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र– २ र बझाङ प्रदेशसभा–१ मा उपनिर्वाचन सम्पन्न भएको थियो । उक्त उपनिर्वाचनमा नेकपा (एमाले) ले इलाममा निकै फराकिलो मतान्तरसहित (२०७९ मा १०८ मतको तुलनामा ७,५०० मतले) विजय कायम राख्न सफल भयो भने बझाङमा हामीले शानदार विजय हासिल गर्न सफल भयो । राष्ट्रिय राजनीतिमा व्याप्त प्रतिकूलताका बिच नेकपा (एमाले) लाई प्राप्त यस सफलताले पार्टी पङ्क्तिको मनोबल माथि उठाउन निकै मद्दत पु¥यायो भने विभिन्न जातिवादी समूह, कथित नयाँ शक्ति र पश्चगामीहरुको हैसियत पनि स्पष्ट पा¥यो ।

यसै गरी गएको मङ्सिर १६ गते स्थानीय तहमा रिक्त ४२ स्थान (थप दुई जिल्ला समन्वय समिति समेत) मा उपनिर्वाचन सम्पन्न भयो ।  निर्वाचनमा नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र ५ वडा अध्यक्ष सहित ८ स्थान मा जीत हासिल ग¥यो । हामीले जितेका ७ वटा वडा रिक्त भएको अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेत समग्रमा ८ स्थानमा हासिल गरेको विजय थप हाम्रा लागि उपलव्धिपूर्ण र सकारात्मक परिणाम हो । यद्यपि, हामीले गरेको अपेक्षाभन्दा यो कम हो । विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु (यद्यपि यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ), कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गंभीरतापूर्वक लिनु पर्छ ।

यस उपनिर्वाचन परिणामलाई लिएर नेकपा (माओवादी केन्द्र) ले एउटा भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयाश गरिरहेको छ– आफ्नो दल पहिलो भएको र लोकप्रिय मत ह्वात्तै बढेको आदि । माओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो, तर हिजो ६ दलीय गठबन्धनका बेला आफूले उम्मेदवार नै नउठाएको र त्यसै कारण शून्य मत भएको ठाउँमा अहिले प्राप्त भएको मत जोड्दा मात्र उसको मत बढेको देखिएको हो । 

७७ जिल्ला समन्वय समिति र ७५३ पालिकाका कुल ८,४०३ जनप्रतिनिधिमध्ये ४४ पदमा भएको र कुल २,२६,७९९ मतदाता (१.२६ प्रतिशत) ले मतदान गरेको यस निर्वाचनले राजनीतिक शक्ति सन्तुलन र भविष्यको निर्वाचनको ठूलो पूर्वानुमान गर्दैन । तर पनि २०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ ।  

आफूले विजय हासिल गरेका ठाउँमा पार्टी र जनप्रतिनिधिहरुले थप मिहिनेत गर्नु पर्ने र सहरिया मतदातामाझ नेकपा (एमाले) ले अझै मेहनत गर्नु पर्ने शिक्षा यस निर्वाचनबाट प्राप्त भएको छ ।


 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको आलोचना, स्वास्थ्य अवस्थाबारे जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रति...

जोगबनी नाकामा प्रवेश कडाइ, परिचयपत्र जाँच अनिवार्य

विराटनगर। नेपाल–भारत सीमा जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि परिचयपत्र जाँच अनिवार्य गरिएको छ। आजदेखि लागू गरिएको यस व्यवस्थाअनुसार भ...

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ। एमाले संसदीय दलका ने...

राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको भन्दै कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट...

स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको चुनौती, सन्दीप लामिछानेले लिए चार विकेट

काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।  कीर्तिपुरस्थित त्रिवि क्रिक...

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...

प्रतिनिधिसभामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending