Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

जय ट्रफीकाे पहिलो दिन बलर हाबी

खबरडबली संवाददाता

काठमाडौं । टेस्ट संरचनाको क्रिकेट प्रतियोगिता ‘जय ट्रफी मेन्स एलाइट कप’ आइतबार देखि वीरगञ्ज र जनकपुरमा सुरु भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सुरु भएको प्रतियोगिताको पहिलो दिन सहभागि चारवटै टोलीले खेल सुरु गरेका छन् । 

पर्साको वीरगञ्जस्थित मैदानमा भएको दुई दिवसीय खेलको पहिलो दिन बलरहरु हाबी भएका छन् । विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबचिको खेलमा १७ विकेट खसेको छ ।  खेलमा पुलिसले टस जितेर आर्मीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । बलर हाबी भएको खेलमा आर्मी ३४.४ ओभरमा १२१ रन बनाएर अलआउट भयो । पुलिसका लागि ललित राजवंशी एक्लैले सात विकेट लिए । 

यस्तै श्रवण यादव, रासिद खान र कुशल भुर्तेलले एकएक विकेट झारे । यस्तै पहिलो इनिङ सुरु गरेको पुलिसले पनि २४ ओभरमा सात विकेट गुमाएर एक सय तीन रन बनाएको छ । लगातार विकेट गुमाएको छ । आर्मी पुलिसभन्दा १८ रनले पछाडि छ । पुलिसका गुलसन झा र प्रेम तामाङ अविजित छन् । यता बलिङमा आर्मीका साहाब आलमले पाँच विकेट लिए । सोमपाल कामी र पवन कार्कीले एक एक विकेट लिए । 

यस्तै जनकपुरमा भएको अर्को खेलमा मधेश प्रदेशविरुद्ध बागमती प्रदेश ६८ रनले पछाडि परेको छ । रामजानकी मैदानमा पहिलो दिन बागमतीले १३ ओभरमा दुई विकेट गुमाएर ३४ बनाएको छ । बागमतीका लागि शुभ कंशाकार २२ र इशान पाण्डे ९ रनमा अविजित छन् । मधेशका लागि रुपेश सिंह र विशाल पटेलले एक एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेश ३५.३ ओभरमा एक सय दुई रनमा अलआउट भएको थियो । मधेशका लागि मायन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, अभिषेक तिवारीले ११ र हिमान्शु दत्तले १० रन बनाए । 

बलर हाबी बनेको यस खेलमा पनि बागमतीका कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिए । सूर्य तामाङले तीन तथा नन्दन यादव र प्रतिश जिसीले एक एक विकेट लिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपराष्ट्रपति यादवसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्...

पाँचथरमा प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक शीतभण्डारमा किबी भण्डारण गरी आकर्षक फाइदा लिँदै आएका छन्। उत्पादनको य...

यस वर्ष बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...

रामेछापका किसानमा जुनार खेतीमा आकर्षण

रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...

रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनमै प्रमुख प्रशासकीय अधिकृतको सरुवा

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...

चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु

बेइजिङ । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ...

बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सय भन्दा बढीको मृत्यु

ढाका । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास...

भाेजपुरकाे च्याङ्ग्रे पोखरी–पञ्चकन्या क्षेत्रको विकासमा समुदायबाट पनि सहयोग जुट्दै

भोजपुर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढि...

गुल्मीमा कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरुले सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । सरोकारवाला संस्थाद्वारा कफी ...

नेपाल संस्कृत विश्वविद्यालयको जग्गाबाट आएन भाडा

दाङ । नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending