मकवानपुर । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको आरोप लगाएका छन् । उद्योग संघ मकवानपुरको २३औँ साधारण सभालाई सम्बोधन गर्दै प्रमुख सचेतक बर्तौलाले प्रशासनिक नेतृत्वको कारणले नागरिकलाई विकास निर्माण तथा सेवा प्रवाहमा समस्या भइरहेको दावी गरे ।
‘प्रशासनिक नेतृत्वको कारण डेलिभरिमा समस्या छ । राजनीतिक नेतृत्वले गरेका नीति निर्णयलाई प्रशासनिक नेतृत्वले रोक्ने गरेको छ,’ उनले भने । मध्यवर्ती क्षेत्रको नाममा हेटौंडाको मयुरधाप औद्योगिक क्षेत्र निर्माणको काममा रोक्ने काम गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘९ वर्षदेखि मयुरधाप औधोगिक क्षेत्रको काम अघि बढ्न सकेको छैन । उद्योग मन्त्रालयले समस्या हटाउन फाइल उठाउने पेश गर्ने काम गर्यो तर वनको विभिन्न कारणले औद्योगिक क्षेत्रको काम हुन सकेको छैन,’ बर्तौलाले भने ।
उद्योग मैत्री वतावरण निर्माण राज्यले गर्नुपर्ने भन्दै उनले राजनीतिक अस्थिरताका कारण उद्योगमैत्री वातावरण निर्माण हुन नसकेको बताए । आर्थिक संकटका कारण हेटौंडा सिमेन्ट उद्योग कोमामा पुगेको उनको भनाइ छ । लगानीमैत्री वातावरण निर्माण गर्न राज्यले कच्चा पदार्थमा कम राजस्व लगाएको उल्लेख गर्दै राज्यले प्रशासनिक समस्या हल गर्दै उत्पादित वस्तुको बजार राज्यले गर्नु जरुरी रहेको उनको बताए ।
उद्योगहरुको समस्याका बारेमा नीति संवादका माध्यमबाट छलफल गरी बलियो अर्थतन्त्र, रोजगारी सृजना तथा आयात प्रतिस्थापनका लागि काम गर्नुपर्नेमा उनले जोड दिए ।
वर्तमान एमाले–कांग्रेस गठबन्धनको सरकारले केही गर्ने प्रयत्न गरिरहेको उनको दावी छ । अघिल्लो सरकारले बनाएको बजेटमा काम गर्नुपर्ने अवस्था रहेकाले केही असहज अवस्थाहरु आइपरेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८१ - २०:५४
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन् । मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पु...
माघ १ गते, २०८१ - २०:४५
पाँचथर । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ । पाँचौ जिल्ल...
माघ १ गते, २०८१ - २०:४०
दाङ । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जे खोला नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा घोराही...
माघ १ गते, २०८१ - २०:३५
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । थारु राष्ट्र...
माघ १ गते, २०८१ - २०:२२
सुडान । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढ...
माघ १ गते, २०८१ - २०:०७
बागलुङ । नेपाल सरकारका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुलुकमा आथिक संकुचनका कारण सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले हरेक ...
माघ १ गते, २०८१ - २०:०२
सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्...
माघ १ गते, २०८१ - १९:४५
सिराहा । घरमै प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको लहान नगरपालिका–१, पानीट्यांकीबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ...
माघ १ गते, २०८१ - १९:३२
सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प...
माघ १ गते, २०८१ - १८:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताकाे नाममा गैर कम्युनिस्ट पार्...
प्रतिकृया लेख्नुहोस्: