पर्सा । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत तेस्रो खेलमा पहिलो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ ।
जनकपुरस्थित रामजानकी खेल मैदानमा जारी प्रतियोगितामा बुधबारको खेल सकिँदा बागमती २२ ओभरमा पाँच विकेट गुमाएर एक सय २४ रन बनाएको छ । बागमतीका नन्दन यादव १८ र विपिन आचार्य एक रनमा अविजित छन् । शुभ कंशाकार ३४, उत्तम मगर २८, रित गौतम २१ र आशुतोष घिरैया ११ रन बनाएर बाहिरिए । बलिङमा आर्मीका आकाश चन्दले तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ६० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ७६ रन बनाएको थियो । आर्मीका लागि इम्रान शेखले ७२ रन बनाए । उनले एक सय चार बलमा बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै बसिर अहमदले ६४ बलमा आठ चौकाको सहयोगमा अविजित ५३, तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन बनाए । बिलङमा बागमतीका विपिन आचार्यले तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।
यसैगरी वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध ४५ रनको अग्रता बनाएको छ । बुधबारको खेल सकिँदा पुलिसले ४० ओभरमा तीन विकेटको क्षतिमा एक सय ७४ रन बनाएको हो ।
पुलिसका लागि कुशल भूर्तेलले अर्धशतकीय इनिङ्स खेले । लामो समयपछि लयमा फर्किएका कुशलले ६८ बलमा १० चौकाको सहयोगमा ६३ रन बनाए । यस्तै दिलिप नाथले ४० र गुलशन झाले २० रन बनाए । अमित श्रेष्ठ ३४ र र कप्तान आरिफ शेख १३ रनमा अविजित छन् ।
बलिङमा मधेशका हरिशङ्कर शाहले दुई तथा अभिषेक तिवारीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेश ४२.४ ओभरमा एक सय २९ रन जोड्दै अलआउट भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: