पर्सा । ‘जय ट्रफी मेन्स एलाइट कप’ अन्तर्गत तेस्रो खेलमा पहिलो दिन विभागीय टोली त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध एक सय ५२ रनको अग्रता लिएको छ ।
जनकपुरस्थित रामजानकी खेल मैदानमा जारी प्रतियोगितामा बुधबारको खेल सकिँदा बागमती २२ ओभरमा पाँच विकेट गुमाएर एक सय २४ रन बनाएको छ । बागमतीका नन्दन यादव १८ र विपिन आचार्य एक रनमा अविजित छन् । शुभ कंशाकार ३४, उत्तम मगर २८, रित गौतम २१ र आशुतोष घिरैया ११ रन बनाएर बाहिरिए । बलिङमा आर्मीका आकाश चन्दले तीन तथा सोमपाल कामीले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ६० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ७६ रन बनाएको थियो । आर्मीका लागि इम्रान शेखले ७२ रन बनाए । उनले एक सय चार बलमा बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाए । यस्तै बसिर अहमदले ६४ बलमा आठ चौकाको सहयोगमा अविजित ५३, तृतराज दासले ४४, कुशल मल्लले अविजित ३५ र भीम सार्कीले ३२ रन बनाए । बिलङमा बागमतीका विपिन आचार्यले तीन तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।
यसैगरी वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले मधेश प्रदेशविरुद्ध ४५ रनको अग्रता बनाएको छ । बुधबारको खेल सकिँदा पुलिसले ४० ओभरमा तीन विकेटको क्षतिमा एक सय ७४ रन बनाएको हो ।
पुलिसका लागि कुशल भूर्तेलले अर्धशतकीय इनिङ्स खेले । लामो समयपछि लयमा फर्किएका कुशलले ६८ बलमा १० चौकाको सहयोगमा ६३ रन बनाए । यस्तै दिलिप नाथले ४० र गुलशन झाले २० रन बनाए । अमित श्रेष्ठ ३४ र र कप्तान आरिफ शेख १३ रनमा अविजित छन् ।
बलिङमा मधेशका हरिशङ्कर शाहले दुई तथा अभिषेक तिवारीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको मधेश ४२.४ ओभरमा एक सय २९ रन जोड्दै अलआउट भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - १८:०३
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - १७:५९
रामेछाप । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा किसानको सक्रियता बढेको छ । जुनार बिक्रीका साथै गर्मीका लागि स्क्वास (प्रशोधनबाट...
मंसिर २५ गते, २०८२ - १७:५३
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा २२ दिनअघि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत चोलरमण अधिकारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशास...
मंसिर २५ गते, २०८२ - १७:४९
बेइजिङ । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ । गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ...
मंसिर २५ गते, २०८२ - १७:४६
ढाका । बङ्गलादेशमा डेंगुको प्रकोपका कारण यस वर्षमा अहिलेसम्म ४०१ जनाको ज्यान गएको बङ्गलादेशको स्वास्थ्य विभागको तथ्याङ्कले बुधबार देखाएको छ । स्वास...
मंसिर २५ गते, २०८२ - १७:४४
भोजपुर । पौवादुङमा गाउँपालिकाको सेवा केन्द्रस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या मन्दिर परिसरमा विभिन्न भौतिक संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढि...
मंसिर २५ गते, २०८२ - १७:४१
गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरुले सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन् । सरोकारवाला संस्थाद्वारा कफी ...
मंसिर २५ गते, २०८२ - १७:३८
दाङ । नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि...
मंसिर २५ गते, २०८२ - १७:३६
कम्बोडिया । थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियनहरू आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त...
मंसिर २५ गते, २०८२ - १७:३१
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आगामी ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि संख्या औपचारिकरूपमा टुंगिएको छ । प्रतिनिधि व्यवस्थाप...




प्रतिकृया लेख्नुहोस्: