काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा चैत अन्तिम साता आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सचिवालय स्थापना गरिएको छ ।
सचिवालयको बुधबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । चैत ३० गतेसम्म चल्ने प्रतियोगितामा ३६ खेल समावेश गरिने प्रारम्भिक छलफल भएको सचिवालय उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले जानकारी दिए ।
‘‘प्रतियोगिताका लागि बनेको कार्यविधि युवा तथा खेलकुद मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ । त्यसपछि कानुन मन्त्रालयमा गएर चाँडै पारित गरिने र १०औँ का लागि ठेक्का तथा खरिद प्रक्रिया सुरु हुनेछ । प्रतियोगिताका लागि ६० करोड रुपियाँ बजेट यसअघिनै पाउने सुनिश्चित भएको छ,’’ मन्त्री चौधरीले भने ।
प्रतियोगिताका लागि आवश्यक भौतिक पूर्वाधार, बसोबासका लागि होटल, यातायात, सडक, शान्ति सुरक्षा, अस्पतालजस्ता विषयको अनुगमन गर्न राखेपका प्रतिनिधि कर्णाली जाने पनि मन्त्री चौधरीले बताए । कर्णाली प्रदेशमा २४ वटा खेलमात्र सञ्चालन गर्न सकिने बुझिएकोले बाँकी खेलहरु नेपालगन्ज र काठमाडौंमा गरिन सकिने बताईएको छ । प्रतियोगितामा टिम, खेलाडी, पदक, पुरस्कार, उद्घाटन, समापनलगायत विभिन्न विषयमा आगामी माघ ३ गते बस्ने राखेपको बोर्ड बैठकले निर्णय गर्ने बताईएको छ ।
१०औँ राष्ट्रिय खेलकुदको आयोजनाको लागि तयारी सुरु गरिएकोले यसलाई विगतकोभन्दा सब्य र भब्य बनाईने राखेपका सदस्य सचिव टंकलाल घिसिङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: