Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

थपिएको म्याद सकिँदा पनि निर्माण सकिएन खोटाङ जिल्ला अस्पताल भवन

खबरडबली संवाददाता

खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर–रामसागर–नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधा सम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो ।

सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्ने गरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ ।

पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारको नीतिअनुसार भवन निर्माण सुरू गरिएको थियो । अस्पताल भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न भए पनि झ्यालढोका थुनथान, रङरोगन तथा पार्टेशनको काम बाँकी नै छ ।

अस्पताल भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाहीले ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको जिल्ला अस्पतालका डा पुष्कल राईले बताए ।

‘अस्पतालमा दैनिक सयौंको सङ्ख्यामा बिरामी आउँछन् । कतिपय भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामी हुन्छन्’, उनले भने, ‘भवन अभावमा साँघुरो टहरामा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।’

अस्पतालमा बिरामी भर्ना कक्ष, डेलीभरी कक्ष ९सुत्केरी गराउने ठाउँ०, शल्यक्रिया कक्ष, आकस्मिक कक्षलगायत सेवा टहरामार्फत उपलब्ध गराउने गरिएको छ । पर्याप्त शय्या अभावमा अस्पताल भर्ना भएका बिरामी नजिकको होटल तथा आफन्तको कोठाबाट धाएरसमेत उपचार गराउन बाध्य छन् ।

अस्पताल भवन निर्माणमा ठेकेदारको लापरबाहीका कारण ढिलासुस्ती भएपछि जिल्ला समन्वय समितिको संयोजनमा गत साउन २७ गते बोलाइएको सर्वपक्षीय बैठकमा निर्माण कम्पनीका सञ्चालक रामबहादुर कटवाललाई कार्यतालिकासहित कागज गराइएको थियो । मङ्सिर २९ गतेभित्र सबै काम सक्नेगरी सार्वजनिक रूपमा गरिएको ‘वर्क सेड्युल’ कागजमै सीमित भएको छ ।

विसं २०४९ वैशाख १ गते स्थापना भएको १५ शय्याको अस्पताल सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयमार्फत भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा ५० शय्यामा स्तरोन्नति गर्नेगरी अस्पताल भवनको ठेक्का लगाइएको थियो ।

गरेको कामको नियमित भुक्तानी नपाउँदा अस्पतालको भवन निर्माणको काम बेलामा सम्पन्न गर्न नसकिएको निर्माणस्थलमा खटिएका ठेकेदार कम्पनीका साइड इञ्जिनियर हरिशङ्कर बान्तोलाले बताए ।

पहिलो तलामा ओपीडी कक्ष, इमरजेन्सी कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रूमलगायतका संरचना निर्माण गर्ने योजना रहेको अस्पताल भवन ४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको हुने सम्झौतामा उल्लेख छ । चार तले आरसीसी पक्की भवन दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा प्रसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आईसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना निर्माण गरिने प्राविधिक इस्टिमेटमा उल्लेख छ ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माणको काम सम्पन्न नभएपछि सामान्य किसिमका बिरामीलाई समेत बाहिरी जिल्ला लानुपर्ने बाध्यता रहेको जिल्लावासीले बताएका छन् । अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार तथा भवन अभाव भएकै कारण अधिकांश बिरामीलाई बाहिर सुविधासम्पन्न अस्पताल ‘रेफर’ गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताएका छन् ।

स्थापना भएर सञ्चालनमा आएको लामो समयसम्म स्तरोन्नति नभएको जिल्ला अस्पतालमा विभिन्न क्षेत्रबाट प्राप्त औजारको भरमा सेवा उपलब्ध गराउने गरिएको अस्पताल सञ्चालक समितिले जनाएको छ । विशेषगरी खोटाङमा जन्मिएर विभिन्न पेसा तथा व्यवसाय गर्दै आएका हङकङ तथा बेलायतमा रहेका खोटाङेहरूले अस्पतालका लागि आवश्यक औजार उपलब्ध गराउँदै आएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

स्वास्थ्यमा सरुवाः कसको कहाँ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका ११औं तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरिय निर...

नाम ‘सुकुमबासी’, तर जग्गा प्रशस्त : थापाथलीको यथार्थले उठायो गम्भीर प्रश्न

काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...

सुकुम्बासीको बीचबाट रक्षा बमकाे रविलाई प्रश्नः ‘सुकुम्बासी बस्तीमा आएर छाती थाप्न सक्नुहुन्छ ?’

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...

निर शाहको कमब्याक निर्देशन, साउन २२ मा आउँदै ‘कमला मिस’

काठमाडौं  । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...

महाराजगञ्जको जग्गा यथावत् : राष्ट्रपति विस्तार योजना फिर्ता

काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending