Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेट  गरेका छन् । 

कार्यवाहक राजदूत अर्बमको भेटमा नेपालको डिजिटल रूपान्तरण, सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विकासका लागि द्विपक्षीय सहकार्य, सहयोग र समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । 

राजदूत अर्बमले नेपालमा सूचना प्रविधिको विकासका लागि अमेरिका सहयोग गर्न तयार रहेको बताए । साथै, सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा उपयुक्त नीति तथा सहज लगानी वातावरण निर्माण गर्न सके वैदेशिक लगानी आकर्षित हुने धारणा उनले व्यक्त गरे ।

उक्त अवसरमा मन्त्री तिमिल्सिनाले नेपाल र अमेरिका सम्बन्ध आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै नेपालको सामाजिक आर्थिक विकासमा अमेरिकाले पुर्‍याउँदै आएको योगदानका लागि धन्यवाद व्यक्त गरे । उनले नेपाल राजनीतिक स्थायित्वको नयाँ चरणमा प्रवेश गरेको र वर्तमान सरकार सुशासन, पारदर्शिता तथा संस्थागत सुधारप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे । साथै, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सरकार इच्छुक रहेको र त्यसका लागि आवश्यक नीतिगत तथा नियामक सुधार तीव्र रूपमा अघि बढाइएको बताए ।

त्यसैगरी, कोरियाली राजदूत पार्क ताइयङको भेटमा नेपालको डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा कृत्रिम बौद्धिकताको क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो । राजदूत पार्कले कोरियाले सूचना प्रविधि, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नेपाललाई सहयोग गर्दै आएको उल्लेख गरे । सूचना प्रविधि र दूरसञ्चार क्षेत्रमा नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माण भएमा प्रत्यक्ष वैदेशिक लगानी बढ्ने उनको भनाइ थियो ।

राजदूत पार्कले रोजगार अनुमति प्रणाली ९इपीएस० मार्फत ठुलो सङ्ख्यामा नेपाली युवाहरूलाई रोजगारीको अवसर प्रदान गरिएको उल्लेख गर्दै यसले आर्थिक लाभका साथै सीप तथा ज्ञान हस्तान्तरणमा समेत सहयोग पुगेको विश्वास व्यक्त गरे । साथै, कोरियाले नेपालको डिजिटल पूर्वाधार, साइबर सुरक्षा तथा कृत्रिम बौद्धिकता क्षेत्रमा सहयोग गर्न तयार रहेको बताए  ।

सो अवसरमा मन्त्री तिमिल्सिनाले नेपाल–दक्षिण कोरिया सम्बन्ध आपसी विश्वास र सद्भावमा आधारित रहेको उल्लेख गर्दै कोरियाले नेपालको विकासमा पुर्‍याएको सहयोगको प्रशंसा गरे । उनले सरकारी तथ्याङ्क पूर्वाधार तथा क्लाउड टेक्नोनोजीमा आधारित सेवाको सुदृढीकरणमा कोरियाली सहयोगप्रति आभार व्यक्त गरे । साथै, कोरियाली लगानीकर्ताहरूलाई नेपालमा सूचना प्रविधि तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान गर्दै सरकारले लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए  ।

भेटवार्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका पदाधिकारी, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा सम्बन्धित दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वमन्त्री बिक्रम पाण्डे पक्राउ

काठमाडौं। राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो ...

काठमाडौँमा डोजर चल्ने हलाले कास्कीका २५ हजार परिवारको निद्रा हराम

पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजार...

सार्वजनिक गर्‍यो सरकारले निजामती विधेयकको मस्यौदा (पूर्णपाठ)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको छ । संघीय मामिला तथा...

सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइयङ तथा नेपालका लागि अमेरिकी कार्यवा...

अनुशासन उल्लंघनको आरोपमा नानीमैया र चम्पादेवी परे राप्रपाबाट निलम्बनमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका दुई नेतृलाई अनुशासन उल्लंघनको आरोपमा कारबाही गरेका छन् । केन्द्रीय सदस्य...

स्वास्थ्यमा सरुवाः कसको कहाँ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका ११औं तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरिय निर...

नाम ‘सुकुमबासी’, तर जग्गा प्रशस्त : थापाथलीको यथार्थले उठायो गम्भीर प्रश्न

काठमाडौँ । राजधानीको थापाथलीस्थित सुकुमबासी बस्ती फेरि बहसको केन्द्रमा आएको छ । बस्ती खाली गराउने सरकारी तयारीसँगै “को वास्तविक सुकुमबासी ?” भन्ने प्र...

सुकुम्बासीको बीचबाट रक्षा बमकाे रविलाई प्रश्नः ‘सुकुम्बासी बस्तीमा आएर छाती थाप्न सक्नुहुन्छ ?’

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने निर्णयले तातेको बहसबीच नागरिक तहबाट नेतृत्वप्रति प्रत्यक्ष प्रश्न उठ्न थालेको छ । यही क्रममा अभियन्ता रक्षा बमले रा...

निर शाहको कमब्याक निर्देशन, साउन २२ मा आउँदै ‘कमला मिस’

काठमाडौं  । वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भएको चलचित्र कमला मिस को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार वितरक कम्पनीहरू...

महाराजगञ्जको जग्गा यथावत् : राष्ट्रपति विस्तार योजना फिर्ता

काठमाडौं । राष्ट्रपतिका लागि अतिरिक्त संरचना विस्तार गर्ने योजना अन्ततः रोकिएको छ । सरकारले महाराजगञ्जस्थित नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान को जग्गा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending