पोखरा । काठमाडौँमा सुकुमबासी बस्ती हटाउने तयारीको खबर फैलिनासाथ कास्कीका बस्तीहरूमा एकाएक त्रास छाएको छ। वर्षौंदेखि सार्वजनिक जग्गामा टेकेर जीवन गुजारा गरिरहेका हजारौँ परिवार अहिले ‘अब हाम्रो पालो पनि आउँछ कि?’ भन्ने चिन्तामा छन्।
राष्ट्रिय भूमि आयोग कास्कीका अनुसार जिल्लाभर करिब २५ हजार घरधुरीले लालपुर्जाको आशामा निवेदन दिएका छन्। तीमध्ये सबैभन्दा धेरै कास्की क्षेत्र नम्बर १ बाट—९ हजार ५४५ परिवार। क्षेत्र नम्बर २ मा ५ हजार ६१४ र क्षेत्र नम्बर ३ मा ५ हजार ४१३ परिवार छन्। अझै करिब ५ हजार परिवारले निवेदन नै दिन बाँकी रहेको अनुमान छ।
पोखराका विभिन्न कुनाकाप्चामा सुकुमबासी बस्ती फैलिएका छन्—खुदीखोला (पोखरा–३२) मा मात्र ७ सय परिवार, भण्डारढिक (पोखरा–२९) मा ३ सय, हनुमान टोल (पोखरा–१७) मा २५०, शान्ति टोल (पोखरा–१) मा २२० र शिवशक्ति टोल (पोखरा–१५) मा करिब २०७ परिवार बसोबास गर्छन्।
सुकुमबासी बसोबासकै कारण पोखरा–९ पृथ्वीचोकमा बन्ने भनिएको बसपार्क अझै अन्योलमै छ। अधिग्रहण गरिएको २०७ रोपनीमध्ये आधाभन्दा बढी जग्गा अहिले सुकुमबासीले ढाकेका छन्, जहाँ करिब ४ सय परिवार बसिरहेका छन्।
भूमि अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेम गुरुङ राज्यको नियतमाथि प्रश्न उठाउँछन्। उनका अनुसार विकासको नाममा गरिबलाई हटाएर भू–माफियालाई फाइदा पुग्ने काम हुन नहुने हो।
“हामी विकासको विपक्षमा छैनौँ, तर गरिबलाई लखेटेर ठूला भवनलाई उन्मुक्ति दिने काम स्वीकार्य हुँदैन,” उनी भन्छन्।
उनले सुकुमबासी व्यवस्थापनबिनाको हटाउने प्रयासको प्रतिरोध हुने चेतावनीसमेत दिएका छन्। “हामी हट्न तयार छौँ, तर विकल्प चाहिन्छ। नत्र चुप लागेर बसिँदैन,” उनको स्पष्ट भनाइ छ।
उता, राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष बैनबहादुर गुरुङ भने जबर्जस्ती हटाउनेभन्दा व्यवस्थापनमा जोड दिन्छन्। “जग्गा राज्यकै हो, तर मानिस जहाँ बसेका छन्, त्यहीँ व्यवस्थित गर्ने बाटो खोज्नुपर्छ,” उनी भन्छन्, “जबरजस्ती हटाउने काम लोकतान्त्रिक हुँदैन।”
यद्यपि, केन्द्र सरकारले कास्कीका सन्दर्भमा अहिलेसम्म कुनै औपचारिक निर्णय सार्वजनिक गरेको छैन। स्थानीय तहबाट पूर्ण तथ्याङ्क नआएकाले आयोगसमेत अन्योलमा छ।
यसैबीच, पोखरा महानगरपालिकाले भने कडा सन्देश दिएको छ। सार्वजनिक, ऐलानी र पर्ती जग्गामा बनाइएका संरचना ३५ दिनभित्र आफैँ हटाउन सूचना जारी गर्दै महानगरले ‘नहटाए कारबाही हुन्छ’ भन्ने संकेत दिएको छ।
काठमाडौँमा डोजर चल्ने हल्ला मात्रले कास्कीमा डरको माहोल बनाइसकेको छ। अब प्रश्न उही पुरानै हो—व्यवस्थापन पहिला कि विस्थापन?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - २१:००
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...
श्रावण १२ गते, २०८३ - २०:५३
काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...
श्रावण १२ गते, २०८३ - २०:४५
काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...
श्रावण १२ गते, २०८३ - २०:३७
काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...
श्रावण १२ गते, २०८३ - २०:३०
काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे । बौद्धमा खाजा घर सञ्च...
श्रावण १२ गते, २०८३ - २०:२८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...
श्रावण १२ गते, २०८३ - २०:१९
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...
श्रावण १२ गते, २०८३ - २०:१७
काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...
श्रावण १२ गते, २०८३ - २०:११
काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...
श्रावण १२ गते, २०८३ - २०:०६
काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...



प्रतिकृया लेख्नुहोस्: