ताप्लेजुङ । ताप्लेजुङमा मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ गर्न सुरु गरिएको छ । सवारी दुर्घटनालाई न्युनीकरण गर्न ट्राफिक प्रहरीले मापसे जाँचलाई कडाइ गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले ब्रेथलाइजर मेसिनद्वारा मापसे जाँच गर्ने कार्यलाई तीब्र पारिएको जानकारी दिए । मापसे जाँचलाई तीब्र पारिएसँगै सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाई आवश्यक कारबाही गर्न थालेको प्रनाउ रावलले बताए ।
हालको चिसो मौसमका समयमा मादक पदार्थको सेवन अत्यधिक हुने भएको पाइएकाले मापसे जाँचलाई कडाइ गर्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । यता मापसे जाँचमा कडाइ गर्न थालेपछि सवारी चालकहरु थप सचेत बन्न थालेका बताइएको छ । मापसे जाँचमा कडाइ गर्नाले दुर्घटना न्युनीकरण गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी प्रमुख रावलको भनाइ छ ।
मापसे जाँच गर्ने अध्याधुनिक ब्रेथलाइजर मेसिन दुई थान पाथीभरा क्षेत्र विकास समितिले ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ । पाथीभरा दर्शन गर्न आउने तीर्थयात्रीको चाप हुने हुँदा उनीहरुको यात्रालाई सुरक्षित बनाउनमा सहयोग पुगोस् भन्ने उद्देश्य राखेर ब्रेथलाइजर मेसिन उपलब्ध गराएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।
सवारी चालक साथै पाथीभरा क्षेत्रमा कार्यरत तीर्थालु सहयोगी (भरिया)ले मापसे गरे नगरेकोसमेत जाँच गर्न मेसिनको प्रयोग हुनेमा विश्वस्त रहेको हाङ्बाङको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८१ - २०:५४
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन् । मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पु...
माघ १ गते, २०८१ - २०:४५
पाँचथर । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ । पाँचौ जिल्ल...
माघ १ गते, २०८१ - २०:४०
दाङ । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जे खोला नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा घोराही...
माघ १ गते, २०८१ - २०:३५
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । थारु राष्ट्र...
माघ १ गते, २०८१ - २०:२२
सुडान । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढ...
माघ १ गते, २०८१ - २०:०७
बागलुङ । नेपाल सरकारका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुलुकमा आथिक संकुचनका कारण सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले हरेक ...
माघ १ गते, २०८१ - २०:०२
सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्...
माघ १ गते, २०८१ - १९:४५
सिराहा । घरमै प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको लहान नगरपालिका–१, पानीट्यांकीबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ...
माघ १ गते, २०८१ - १९:३२
सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प...
माघ १ गते, २०८१ - १८:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताकाे नाममा गैर कम्युनिस्ट पार्...
प्रतिकृया लेख्नुहोस्: