काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुक एकजुटताका साथ अघि बढ्न सके सबै क्षेत्रले द्रुत विकासको गति लिन सक्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले एकताको सूत्रमा बाँधिएको मुलुक आर्थिकरूपमा थप सुदृढ र बलियो बन्न सक्नेमा जोड दिएका छन् ।
“राष्ट्रिय एकता दिवसले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृति तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गर्दै सामाजिक सद्भाव र समाजमा समरसता तथा भाइचारा अभिवृद्धि गराउनमा महत्त्वपूर्ण उत्प्रेरक बन्न सकोस्”, उपराष्ट्रपति यादवले भनेका छन् ।
हरेक वर्षको पुस २७ मा राष्ट्रिय एकता दिवस, पृथ्वी जयन्तीका रूपमा पनि मनाइन्छ । यो दिवस नेपालको विविधतामा एकतालाई बलियो बनाउन र मुलुकको एकीकरणमा योगदान पुर्याउनेलाई सम्झिने दिनको रूपमा पनि हेरिन्छ ।
उपराष्ट्रपति यादवले सिङ्गो नेपालीलाई एकताको सूत्रमा बाँध्न र राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउन दिवसले एउटा मञ्च प्रदान गर्ने जनाउँदै नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बीचमा एकताको उत्सव मनाउने महत्वपूर्ण अवसर भएको बताएका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरिने विविध कार्यक्रमले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न सबैलाई उत्प्रेरित गर्न सक्नुपर्ने उनको भनाइ छ ।
“दिवसले युवाहरूलाई आफ्नो मातृभूमि र देशप्रति समर्पण एवं सेवाको भावना विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसके मात्र यसको सार्थकता पुष्टि हुन सक्दछ, नेपालको इतिहास, संस्कृति र वैभवशाली सम्पदाप्रति गौरवको भावनालाई बढावा लिने सुन्दर अवसरका रूपमा यसको उपयोग गर्नुपर्दछ”, उनले आफ्नो सन्देशमा भनेका छन् ।
आपसी वैमनस्यता, द्वन्द्व र कलुषित भावनाहरू त्याग्दै आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक उन्नयनका लागि सामूहिक रूपमा काम गर्न सञ्चार गर्ने जनाउँदै उनले सो दिवसले मुलुकको सबै भूगोल एवं क्षेत्रमा समान विकासको पृष्ठपोषण गर्दै देशको गरिबी र बेरोजगारीजस्तो समस्याविरूद्ध लड्न एकजुट भई अघि बढ्न आह्वान गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: