काठमाडौं। नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले निर्देशक रामप्रसाद भट्टराईलाई निलम्बन गरेका छन् । स्काउटका प्रमुख आयुक्त रन्जितले प्रमुख आयुक्त स्तरीय निर्णय गर्दै बिहीबार तीन महिनाका लागि निलम्बन गरेका हुन् । बैठकमा छलफलै नभएको विषयमा नेपाल स्काउटलाई दीर्घकालीन आर्थिक भार पर्नेगरी विभिन्न व्यक्तिलाई राष्ट्रिय परिषद् बैठकको निर्णयको हवाला दिई नियुक्ति गरेकाले उनलाई निलम्बन गरिएको हो ।
निर्देशक भट्टराईले अधिकृतस्तरमा दुई जनालाई चार वर्ष र कार्यालय सहयोगीमा एक जनालाई एक वर्ष आफूखुसी नियुक्त गरी नियुक्ति पत्र उपलब्ध गराएको प्रमुख आयुक्त रन्जितले बताए । आफैँले हस्ताक्षर गरी तलबसमेत भुक्तानी दिएको, पटक–पटक कार्यसमितिलाई जानकारी नगराइ विदेश जाने तथा विदेश जाँदा आफूले सम्हाली आएको जिम्मेवारी कोही कसैलाई नतोकी भट्टराईले नेपाल स्काउटको प्रशासनिक कार्यलाई आफ्नो हातमा लिएको, राष्ट्रिय परिषद्को हवाला दिई पत्राचार गरेका विषयमा पटक–पटक लिखित जवाफ पेश गर्न समय प्रदान गर्दा अटेर गरेकाले निलम्बन गरिएको जनाइएको छ ।
लिखित जवाफ पेस गर्न दिएको समय भट्टराईले अटेर गरी कार्य समितिप्रति बेवास्ता गरेको, विद्युतीय ९इभी० सवारी प्रयोग गरी कार्यालयबाट तेल, मोबिल, चालकसमेतको एकमुष्ठ तलवमा गाभी मासिक भुक्तानी लिएको नेपाल स्काउटले जनाएको छ ।
पटक–पटक सचेत गराउँदा समेत भट्टराईले गैरकानुनी कार्य गरी संस्थालाई हानी नोक्सानी गरेकाले कार्यालय प्रमुखको जिम्मेवारीमा राख्दा संस्थालाई नोक्सानी हुने, सत्य तथ्य छानबिन गर्न बाधा पर्ने र सत्य तथ्य जानकारी लिन नसकिने भएकोले भट्टराईले सम्हाली आएको निर्देशक अर्थात् कार्यालय प्रमुखको जिम्मेवारीबाट तीन महिनाका लागि नेपाल स्काउट कर्मचारी नियमावली, २०५२ को व्यवस्था बमोजिम प्रमुख आयुक्त स्तरीय निर्णय गरी निलम्बन्न गरिएको रन्जितले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८१ - १४:०७
काठमाडौं । शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाईएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय यादव, प्रधान...
माघ १ गते, २०८१ - १४:०२
चौतारा । सिन्धुपाल्चोकमा बिच भलिबल प्रतियोगिता सुरू भएको छ । सिन्धुपाल्चोकको सुकुटेमा आयोजित सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोग...
माघ १ गते, २०८१ - १३:५८
काठमाडौं । ‘ए सिउँदो भरेर जान्छौ भने लान्छु कान्छी सिउँदो भरेर जन्ती अघि पछाडी घोडा चढेर...’ थुप्रै लगनसहित माघ महिना सुरु हुँदै गर्दा लोक त...
माघ १ गते, २०८१ - १३:५५
ललितपुर । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पौष २९ (२०२५ जनवरी १३) गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सा...
माघ १ गते, २०८१ - १३:४५
धनगढी । बझाङमा ढुंगा लागेर २४ वर्षीया महिलाको निधन भएको छ। थलारा गाउँपालिका–३ देवलबाझकी २४ वर्षीय राधिका जोशी उपाध्यायको सोमबार घर पोत्नका लागि माटो ख...
माघ १ गते, २०८१ - १३:३८
काठमाडौं । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा तरकारीसहित अन्य खाद्यबालीमा प्रयोग हुने किटनाशक तथा अन्य विषादी प्रयोगमा कमी आएको छ । जिल्ला कृषि विकास क...
माघ १ गते, २०८१ - १३:३८
सुर्खेत । लोपोन्मुख सिमान्तकृत जातिको रुपमा रहेको राउटे समुदायमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित गिरीघाट ख...
माघ १ गते, २०८१ - १३:३६
काठमाडौं । करिब डेढ महिनादेखि बेपत्ता एक वृद्धको शव मकवानपुरको भीमफेदी गाउँपालिका–२ रिठ्ठेडाँडामा फेला परेको छ । भीमफेदी गाउँपालिका–९ स्थित भान्जी...
माघ १ गते, २०८१ - १३:००
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशतन्त्रले भूमि, वन र निकुञ्जसम्बन्धी अध्यादेश ल्याएर वन ...
माघ १ गते, २०८१ - १२:३४
मिति तोक्दिनँ, तर हामीले धेरै बल नगर्दै चाँडै ढल्दैछ
प्रतिकृया लेख्नुहोस्: