Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

पैसाको अभावमा उपचार नपाएर कोही पनि मर्नुपर्ने छैन, उपचार गराउने जिम्मा सरकारले लिन्छः मन्त्री पौडेल

खबरडबली संवाददाता

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पौडेलले पैसा अभावले गर्दा उपचार नपाएर  मर्नुपर्ने  अवस्थाको अन्त्य गर्न नेपाल सरकार लागेको बताएको छन । दमौलीस्थित नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा शनिबार गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुर्र्हुँनेपाली कांग्रेसका युवा नेतासमेत रहनु भएको मन्त्री पौडेलले भने, ‘‘पैसाको अभावमा उपचार नपाएर कोही पनि मर्नुपर्ने छैन, पैसा नभए उपचार गराउने जिम्मा सरकारले लिन्छ ।”

स्वास्थ्य बिमाको पहुँच र रकमको वृद्धि गरेर उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्न लागेको पौडेलको भनाइ थियो ।  बिरामीको जीवन रक्षाका मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार नरोकिने पौडेलले बताए ।

स्वास्थ्य बिमालाई पाँच लाख पुर्‍याउन स्रोत व्यवस्थापनमा सरकार लागेको मन्त्री पौडेलले जानकारी दिनुभयो । मन्त्री पौडेलले भने, ‘‘स्वास्थ्य बिमालाई पाँच लाख पुर्‍याउँछौं मात्र भनेका होइनौं, कसरी स्रोत जम्मा गछौं भन्ने कुराको गृहकार्य गरेका छौं ।’’

नाफामूलक संस्था र नागरिकबाट उठ्ने करको केही रकम बिमा कोषमा ल्याउने तयारी भएको पौडेलले भने। जटिल रोग लागेका बिरामीलाई एक लाखले उपचार सम्भव नहुने भएकाले पाँच लाख पुर्‍याउने उनको भनाइ थियो । स्वास्थ्य बिमाको स्रोत व्यवस्थापनमा नागरिकको योगदानलाई सुनिश्चित हुने गरी कार्यक्रम ल्याइने पौडेलले बताए।

नेपाली नागरिकको आफ्नो तलबबाट दुई प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्न लागेको उनले जानकारी दिए। नेपाली नागरिकले तिर्ने करको शून्य दशमलव ५ प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्ने उनले बताए । स्रोत व्यवस्थापन गर्ने क्षेत्रको उदाहरण दिदै उनले राज्यले जुनजुन क्षेत्रमा कर र भ्याट लिन्छ यी सबै शुल्कको शून्य दशमलव पाँच प्रतिशत रकम बिमा कोषमा जाने व्यवस्था गरिनु पर्ने बताए ।

सबै नागरीको उपचारमा पहुँच पुर्‍याउन प्रभावकारी निर्णय भएको पौडेलले बताए । पूर्वाधार, उपकरण र जनशक्ति तीन चिज नै आवश्यक परेकाले केही समय लागेको उनले बताए।

मन्त्री पौडेलले भने, ‘‘बिमाको प्रतिवेदन आइसकेको छ कार्यान्वयन लैजानको लागि तयारी गरिरहेका छौं ।’’ प्रधानमन्त्रीले प्रतिवेदन राम्रो बनेको भन्ने पतिक्रिया दिएको उल्लेख गर्नुहुँदै पाँच लाखको बिमाको व्यवस्था हुने पौडेलले दाबी गरे।

छिरलिएको स्वास्थ्यको पैसा बिमा कोषमा लैजाने उहाँले बताए । १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क हुने उपचार कार्यान्वयमा आइसकेको उदाहरण दिनुहुँदै सरकार स्वास्थ्य प्रति गम्भीर रहेको बताए । क्यान्सर उपचार सेवा देशको सातै प्रदेशमा सुरु भइसकेको, मतिष्कघात हुनेलाई निःशुल्क औषधीको व्यवस्थापन गर्न लागिएको पौडेलले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरी निरीक्षक र सरकारी साक्षीविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। सशस्त्र प्रहरी ब...

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गतेदे...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृतकमध्ये ३ महिला र १ पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्श...

०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्...

सरकारलाई एमालेको प्रश्न: राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कडा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा ...

अरुको सुझाव सरकारले सुन्नुपर्छ : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिएक...

संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भयो : आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न...

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको आलोचना, स्वास्थ्य अवस्थाबारे जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रति...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending