Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केहि कानुन संशोसन गरेको बताएका छन्। 

शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५औं वार्षिक साधारण सभालाई सम्बाधन गर्दै मन्त्री लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको जनाए।

'हिजो राती अबेरसम्म बसेर सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ,' उनले भने, 'हामीले समृद्धि र आर्थिक विकासका लागि केही महत्त्वपूर्ण कानुनलाई संशोधन गरेका छौं।'  चाडोभन्दा चाडो कानुन  संशोधनका लागि अध्यादेशमार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाई छ। 

'शासकीयसुधारसँग सम्बन्धीत कानुन, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानजुन र शुसासनलाई प्रत्याभूत गर्ने कानुन छन्,' उनले भने, 'थप पनि उद्योगको वातावरण निमार्णका लागि सरकार हमेशा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ।'

उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका लागि महत्वपूर्ण निर्णय गरेको समेत बताए। 'आईटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौं,' उनले भने, 'विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरी कानुन निमार्णमा सरकार लागेको छ।'

कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए। 'सात दिनभित्र निर्णय गर्ने निर्णय नभए कारबाही हुने व्यवस्था गरेका छौं,' लेखकले भने, 'सात दिनभित्र हुने भए हुन्छ। नहुने भए हुँदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौं।' आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरी निरीक्षक र सरकारी साक्षीविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। सशस्त्र प्रहरी ब...

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गतेदे...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृतकमध्ये ३ महिला र १ पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्श...

०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्...

सरकारलाई एमालेको प्रश्न: राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कडा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा ...

अरुको सुझाव सरकारले सुन्नुपर्छ : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिएक...

संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भयो : आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न...

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको आलोचना, स्वास्थ्य अवस्थाबारे जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रति...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending