काठमाडौं । सर्लाही प्रहरीले व्यक्ति हत्यापछि फरार रहेका एक प्रतिवादीलाई ४० वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीकाअनुसार पक्राउ पर्नेमा रौतहटको साविक ब्रम्हपुरी गाउँपालिका– ९ (हालको ठेगाना राजदेवी नगरपालिका–९ रौतहट) भएका ५६ वर्षीय राजु सिंह रहेका छन्।
जिप्रका सर्लाहीका प्रहरी नायव उपरीक्षक डीएसपी दीपक श्रेष्ठकाअनुसार व्यक्ति हत्यापछि धर्म र नामसमेत परिवर्तन गरेर सिंह सर्लाहीमा लुकिछिपी बस्दै आएका थिए। ‘कर्तब्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट २० वर्ष कैद तोकिएका सिंहलाई हामीले सर्लाहीको चक्रघट्ट गाउँपालिका–४ सुन्दरपुरबाट यही पुस २६ गते पक्राउ गरेका हौँ,’ डीएसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘पक्राउपछि उनलाई फैसला कार्यान्वयनको लागि आइतबार रौतहट जिल्ला अदालतमा बुझाइएका छौँ।’
रौतहटमा व्यक्ति हत्यापछि फरार रहेका उनी सर्लाहीको चक्रघट्टमा घरबारसहित बस्दै आएको खुलेको छ। यसबीचमा उनले कानुनी कारबाहीबाट जोगिन धर्म र आफ्नो नामसमेत परिवर्तन गरेको पाइएको छ।
‘उनी चक्रघट्टमा धर्म र नामसमेत परिवर्तन गरेर लुकिछिपी बस्दै आएको सूचनापछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो,’ डीएसपी श्रेष्ठले भने।
१६ वर्षको उमेरमा व्यक्ति हत्या गरेपछि फरार रहेका उनले अहिले आफूलाई महमद सेराजको रुपमा चिनाउँदै आएका थिए। ‘यही नामबाट उनले नागरिकता पनि बनाएका रहेछन्। मतदाता परिचय पत्रमा पनि यही नाम लेखिएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘रौतहटमा व्यक्ति हत्यापछि सर्लाही बस्दै आएका उनले यसबीचमा दुईवटा विवाह गरेको पाइएको छ।’
उनकी पहिली पत्नी सलिना खातुनबाट ६ सन्तानको जन्म भएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ। ‘उनकी पहिली पत्नी र तिनका सन्तान हाल काठमाडौँतिर बस्दै आएका स्थानीयले बताएका छन्,’ डीएसपी श्रेष्ठले भने, ‘पहिली पत्नीसँग मनमुटाव भएपछि उनले गाउँकै सफिना खातुनसँग दोस्रो विवाह गरेछन्। उनीबाट पनि चार सन्तान भइसकेको छ।’
सिंहले ४० वर्षअघि रौतहटमा हत्या गरेका व्यक्तिको परिचय भने प्रहरीले खुलाएको छैन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १२ गते, २०८३ - १०:२७
काठमाडौं । क्यालेन्डरमा एउटा मिति फेरि आइपुग्छ—वैशाख १२। तर यो केवल मिति होइन, नेपाली समाजका लागि एक सामूहिक झट्का हो। २०७२ काे भुकम्पले भत्काएको केव...
बैशाख १२ गते, २०८३ - १०:२४
काठमाडौं । कानुनी लफडा सकियो, तर राजनीति अझै सल्किँदै छ। नेपाली कांग्रेस भित्र सर्वोच्च अदालतको फैसलाले एउटा अध्याय टुंग्यायो, तर अर्को अध्याय—अन्तर्क...
बैशाख १२ गते, २०८३ - १०:१८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...
बैशाख १२ गते, २०८३ - १०:१५
काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसा...
बैशाख १२ गते, २०८३ - ०८:११
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुङ्गो नल...
बैशाख १२ गते, २०८३ - ०८:०३
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हेरोइनसहित ब...
बैशाख १२ गते, २०८३ - ०८:०२
काठमाडौँ । सुकुमबासी बस्ती हटाउँदा अवरोध गर्नसक्ने आशकमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर...
बैशाख १२ गते, २०८३ - ०७:५९
काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्तीका घर–टहरा भत्काउने काम शुरु हुनुभन्दा अघि सुरक्षाका निम्ति प्रहरी परिचालित भएको छ । स्थानीय प्रशासन र काठम...
बैशाख १२ गते, २०८३ - ०७:५४
काठमाडौं । थापाथलीस्थित सुकुमबासी बस्तीमा आज डोजर चलाउने तयारी अन्तिम चरणमा पुगेको छ। काठमाडौं महानगरपालिका अन्तर्गतको महानगर प्रहरी बलका अनुसार सवा ८...
बैशाख १२ गते, २०८३ - ०७:५३
भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् । बस्ती खाली गर्नका ल...


प्रतिकृया लेख्नुहोस्: