काठमाडौं । दक्षिण कोरियामा भ्रष्टाचार विरोधी निकाय सीआईओका अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यून सुक योललाई पक्राउ गरेका छन्।
यूनलाई मोटरमा राखेर सीआईओको मुख्यालयतर्फ लगिएको कोरियाली समाचारमाध्यम योनहापले जनाएका छन्।
निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न प्रहरी र अनुसन्धानकर्ताहरू सिँढीको प्रयोग गरेर राष्ट्रपति निवासभित्र प्रवेश गरेका थिए। सुरूमा राष्ट्रपतीय सुरक्षा सेवाका सुरक्षाकर्मीले राष्ट्रपति निवासको प्रवेशद्वार नजिक सवारी साधन तेर्स्याएर उनीहरूलाई अघि बढ्नबाट रोक्ने प्रयास गरेका थिए।
साथै सत्तारुढ दलका केही सांसद र यूनका कानुन व्यवसायीहरूको एक समूहले पनि उनीहरूलाई प्रवेशद्वारमै रोक्ने प्रयास गरेको थियो। राष्ट्रपति आवास बाहिर यूनका समर्थक र विरोधीको ठूलो भीड लागेको छ।
निलम्बित राष्ट्रपति यूनलाई गिरफ्तार गर्न अदालतले डिसेम्बर ३१ मा पक्राउ पुर्जी जारी गरेको थियो। यसै महिनाको सुरूमा गरिएको पक्राउको पहिलो प्रयास भने असफल भएको थियो।
देशमा सैन्य कानून लागू गर्ने असफल प्रयास गरेको विषयमा युन विरुद्ध देशद्रोह र शक्तिको दुरुपयोग गरेको भन्दै फौजदारी अभियोगमा अनुसन्धान भइरहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८१ - ०९:४७
काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको ...
फाल्गुन ५ गते, २०८१ - ०९:४४
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । निर्धारण गरिएको तरकारी र फलफूलको अधिकतम थोक मू...
फाल्गुन ५ गते, २०८१ - ०९:३९
काठमाडौँ । सङ्घीयताको अवधारणाअनुसार सबैजसो अधिकार राज्यसंयन्त्रको तल्लो तहमा प्रत्यायोजन गर्ने हो । तर जुन किसिमले आत्मकेन्द्रित राजनीति छ त्यसले सङ्घ...
फाल्गुन ५ गते, २०८१ - ०८:४८
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको अवधिमा ७० हजार...
फाल्गुन ५ गते, २०८१ - ०८:४५
भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्ला...
फाल्गुन ५ गते, २०८१ - ०८:१३
कैलाली । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् ...
फाल्गुन ५ गते, २०८१ - ०७:५१
बागमती । हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक आजदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज...
फाल्गुन ५ गते, २०८१ - ०७:४०
म्याग्दी । तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रित्तिएको छ। ‘स्वादिलो, रस...
फाल्गुन ५ गते, २०८१ - ०७:३३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने भएका छन्। आज बस्ने प्रदेश सभाको बैठकमा विशेष सम्बोधनका लागि...
फाल्गुन ५ गते, २०८१ - ०७:३०
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री क...
प्रतिकृया लेख्नुहोस्: