बाँके । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो हुस्सुले गर्दा जिल्लामा चिसो बढेको छ ।
“चिसोले बजार तथा सहरी क्षेत्रमा चहलपहल घटेको छभने सडकमा सवारीसाधन कम चलेका छन् । नेपालगञ्जमा बिहान करिब दुई घण्टासम्म शीतलहर चल्ने गरेको छ । बिहानैदेखि हुस्सुले अत्यधिक चिसो भएको छ”, नेपालगञ्जका स्थानीय रामसुहावन यादवले भने, “चिसोले गर्दा घरभन्दा बाहिर निस्कन सकिएको छैन, यहाँका मान्छे अत्यावश्यक कामबाहेक अरू अवस्थामा बाहिर निस्केका छैनन् ।”
चिसोले ज्यालादारी काम गर्ने बढी मारमा परेका छन् । उनीहरू काममा जान नपाएको बाँके डुडुवा गाउँपलिका–४ का मजदुर रामदिन गोडियाले भने, “काम नगर्दा परिवार चलाउन मुस्किल पर्छ, केही दिन यस्तै चिसो रह्यो भने समस्या हुने देखिन्छ ।”
दैनिक ज्यालादारी काम गर्न पहाड़ तथा भारतीय सीमावर्ती क्षेत्रबाट तराईका जिल्लामा सर्वसाधारण झर्ने गर्छन् । दिनभरि एकपटक पनि घाम नलाग्दा काममा जान सक्ने अवस्था नभएको अर्का मजदुर बालकराम गोडिया बताउछन् । आगो बालेर यहाँका नागरिकले न्यानो लिइरहेका छन् । “घरभन्दा बाहिर जान सक्ने अवस्था भएन”, उनले भने, “त्यसैले घरमा आगो तापेर बसेको छु ।”
चिसोबाट विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असहाय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । चिसोकै कारण बिरामी बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी डा। सङ्केत रिसालले बताए । चिसोले गर्दा बालबालिका, दीर्घरोगीका बिरामीलाई समस्या बनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८१ - १७:१७
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिमवतखण्डभित्र बसोवास गर्ने समुदायहरूको कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसी समझदारी र भावनात्...
फाल्गुन ३० गते, २०८१ - १६:५५
काठमाडौं। गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पने...
फाल्गुन ३० गते, २०८१ - १६:२७
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने...
फाल्गुन ३० गते, २०८१ - १६:२१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले यही चैत ४ गते सच...
फाल्गुन ३० गते, २०८१ - १६:००
काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो । ...
फाल्गुन ३० गते, २०८१ - १५:५१
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रप...
फाल्गुन ३० गते, २०८१ - १५:०६
काठमाडौं । सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ। यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आए...
फाल्गुन ३० गते, २०८१ - १४:५८
याङ्गुन । ‘महत्त्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाखभन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)...
फाल्गुन ३० गते, २०८१ - १४:४४
दैलेख । रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । भैरबी गाउँपालिका–५ को सियाला सामुदायिक वन खाल्तडामा रुख ढाल्ने क्रममा बिहान दश बजे च्यापिएर दुई जनाको...
फाल्गुन ३० गते, २०८१ - १४:३४
गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ
प्रतिकृया लेख्नुहोस्: