Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मकवानपुरकाे हेटौँडामा दोस्रो घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी हुने

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरकाे हेटौँडामा दोस्रो घरेलु उत्पादन प्रवर्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला २०८१ हुने भएको छ । हेटौँडा –१० स्थित बसपार्क परिसरमा १९ वटै वडाको सहभागितामा माघ ११ र १२ गते घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता गर्न लागिएको बुधवार पत्रकार सम्मेलनमार्फत हेटौँडा उपमहानगरपालिका १० वडा अध्यक्ष एवम् घरेलु उत्पादन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मूल आयोजक समितिका संयोजक पूर्वा दोर्जे लामाले जानकारी दिए । 

प्रदर्शनीमा सहभागीलाई प्रशंसापत्रको व्यवस्था गरिएको जानकारी दिँदै अध्यक्ष लामाले नृत्य प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३५ हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वना पुरस्कारबापत चार जनालाई ५ हजार दिइने जानकारी दिए । 

स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने, उत्पादित वस्तु स्वरोजगार सिर्जनामा सहयोग पुर्‍याउनुको साथै स्थानीय जातजातिका भेषभूषा झल्काउने र संस्कृति संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए । साना उद्योग तथा लघुउद्यमीलाई स्थानीय उत्पादित वस्तुलाई प्रवर्धन गर्ने, उत्पादित वस्तुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो । 

त्यस्तै, सामुदायिक तथा संस्थागत विद्यालयलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको छ । प्रदर्शनीमा हेटौँडाका किसान तथा व्यवसायीले उत्पादन तथा निर्माण गरेका सेवा तथा वस्तुहरूको प्रदर्शनी तथा विक्री गरिनेछ । नृत्य प्रतियोगितामा पनि सबै वडाको कलाकार सहभागी हुन सक्नेछन् । दुई दिनसम्म हुने मेलामा घरेलु उत्पादनका विभिन्न एक सयवटा स्टल राखिनेछ । 

मेला सञ्चालनका लागि ५७ सदस्य मूल तयारी र विभिन्न ६ वटा उपसमितिहरू निर्माण गरी प्रदर्शनी मेला तथा सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ । “शिक्षालाई रोजगारीसँग जोडौँ कला संस्कृति र भेषभुषाको जगेर्ना गरौँ भन्ने आशयसाथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । 

१० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति, टोल विकास वडा समन्वय समिति, हेटौँडा ढाका उद्यमी समूह, हेटौँडा–१० जाल्पादेवी महिला उद्यमी केन्द्र, स्थानीय क्लब, आमा समूह, विद्यालयलगायत विभिन्न सङ्घ संस्थाको सहकार्यमा कार्यक्रम गर्न लागिएको जनाइएको छ । मेला सम्पन्न गर्नका लागि करिब १० लाख रुपियाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending