Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

गाजा युद्धविराम सम्झौताको अन्तिम चरणको तयारी

खबरडबली संवाददाता

दोहा । वार्तामा सहभागी एक कतारी अधिकारीले ‘चाँडै’ सहमतिमा पुग्ने आशा व्यक्त गरेपछि मध्यस्थकर्ताहरूले गाजा युद्धविराम र बन्धक मुक्त सम्झौतामा हस्ताक्षर गर्न बुधबार अन्तिम प्रयास गरिरहेको बबताएका छन् । 

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाले युद्धविरामका लागि मध्यस्थता गर्ने र सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएका व्यक्तिहरूलाई रिहा गर्ने प्रयासलाई तीव्रता दिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका इजिप्टका समकक्षी अब्देल फतह अल–सिसीले मङ्गलबार टेलिफोन वार्तामा इजरायल र हमास दुवैले सम्झौताका लागि लचकता देखाउनुपर्ने बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौताबारे छलफल गर्न मङ्गलबार अबेर राति उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका थिए भने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ‘बल अब हमासको कोर्टमा रहेको’ बताएका थिए । 

ब्लिन्केनले भने, “यदि हमासले स्वीकार गर्‍यो भने यो सम्झौताले पूर्णता पाउनेछ र कार्यान्वयनको चरणमा जानेछ ।”
वार्ताबारे जानकार एक इजरायली स्रोतका अनुसार बुधबार दोहामा वार्ता जारी छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले वार्ता अन्तिम चरणमा पुगेको र मध्यस्थकर्ताले चाँडै नै सहमतिमा पुरे‍याउने विश्वास व्यक्त गर्नेछन् ।

इजरायलका विदेशमन्त्री गिदोन सारले भने, “हाम्रो तर्फबाट सम्झौताका लागि साँचो इच्छा शक्ति छ ।” गाजामा अहिलेसम्मकै सबैभन्दा घातक युद्ध अन्त्य गर्ने महिनौंको असफल प्रयासपछि पछिल्लो प्रगति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रूपमा सपथ लिनुभन्दा केही दिनअघि आएको हो । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो । 

त्यस दिन लडाकूहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९४ जना अझै गाजामा रहेका छन्, जसमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ । गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा ४६ हजार ६४५ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले पुष्टि गरेको छ ।

इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई मुक्त गरिने बताएको छ भने हमासनिकट दुई प्यालेस्टिनी स्रोतले एएफपीलाई दिएको जानकारीअनुसार इजरायलले बदलामा करिब एक हजार प्यालेस्टिनी कैदीलाई रिहा गर्नेछ ।
सयौँको सङ्ख्यामा इजरायल ठूलो मूल्य चुकाउन तयार छ,” मेन्सरले भने । हमासनिकट स्रोतका अनुसार सम्झौताको पहिलो चरणमा ३३ जना इजरायली बन्धकलाई समूहमा रिहा गर्ने उल्लेख छ ।

युद्धविरामको १६ औं दिनमा दोस्रो चरणका लागि वार्ता सुरु हुने इजरायली अधिकारीले बताएका छन् । टाइम्स अफ इजरायलका अनुसार दोस्रो चरणमा ‘पुरुष सैनिक, सैन्य उमेरका पुरुष र मारिएका बन्धकहरूको शव’ सहित बाँकी कैदीहरूको रिहाई हुनेछ । प्रस्तावित सम्झौताअनुसार इजरायलले पहिलो चरणमा गाजाभित्र सुरक्षित क्षेत्र कायम गर्नेछ । 

हमासले ‘स्पष्ट र विस्तृत सम्झौता’को आशा गरेको बताउँदै अन्य प्यालेस्टिनी पक्षलाई पनि ‘प्रगति’ बारे जानकारी गराएको जनाएको छ । प्यालेस्टनी इस्लामिक जिहादका एक अधिकारीका अनुसार गाजामा हमाससँग मिलेर लडेका लडाकूहरूको एक प्रतिनिधिमण्डल वार्तामा सहभागी हुन बुधबार कतार पुगेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending