Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

के–के हुन देउवा निवास बूढानिलकण्ठमा बसेको कांग्रेस बैठकका १० निर्णय ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा सामेल भएका मन्त्रीहरुको कामबारे ब्रिफिङ लिएका छन् ।  

आज आफ्नो निजी निवास बूढानिलकण्ठमा सभापति देउवाले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुको कामबारे ब्रिफिङ लिएका थिए । सो क्रममा सबै मन्त्रीहरुले आफ्नो कार्यप्रगतीको विवरण पेस गरेका थिए ।

आजको बैठकमा मन्त्रीहरुलाई २ दिन अनिवार्य रुपमा कार्यकर्ताको गुनासो सुन्ने र ५ दिन सरकारको नियमित काम गर्न निर्देशन दिइएको छ । बैठकपछि बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरुसँग भने, ‘ हप्तामा दुई निश्चित दिन मन्त्रीहरुले खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी सम्पूर्ण ५ दिन चाँही मन्त्रालयका काममा केन्द्रीत हुने मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।’

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणबारे भत्र्सना गर्दै कारबाहीको माग गर्नेसहित १० निर्णयहरु भएको घिमिरेले बताए ।


यी हुन् १० निर्णयहरुः

१.संसदीय दल अनुशासन समिति निर्माण गर्ने । जसमा दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा समिति गठन ।

२. संसदीय दलको विधान अनुसार प्रत्येक संसदीय समितिमा एक एक जना संयोजक तोक्ने व्यवस्था अनुसार खाली रहेको अर्थसमितिमा डा। प्रकाशशरण महत, कृषी समितिमा चन्दा चौधरीलाई नियुक्त गर्ने निर्णयलाई सदर गरियो ।

३. वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण निन्दनीय रहेको र त्यसमा संलग्नलाई कारबाही गर्न माग गर्ने ।

४. सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने र महत्वपूर्ण विषयहरुमा नियमित छलफल गर्ने ।

५. विभिन्न समितिमा विचाराधीन विधेयकहरुलाई टुंगोमा पुर्याउन सक्रियताका साथ काम गर्ने ।

६. आ–आफ्नो मन्त्रालयमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरु सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।

७. चालु आर्थिक वर्षको बजेटमा रहेका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका र टेन्डर हुन नसकेका तथा निर्माण सुरु भएका तर अपेक्षित गतिमा काम भइनरहेका आयोजनाहरुलाई सम्पन्न गराउने आवश्यक पहलकदमी लिने ।

८. हप्तामा दुई निश्चित दिन मन्त्रीहरुले खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी सम्पूर्ण ५ दिन चाँही मन्त्रालयका काममा केन्द्रीत हुने मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।

९. सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत् संसदीय दल र कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने ।

१०. पार्टीको प्रदेश समिति, जिल्ला क्षेत्र एवं स्थानीय तहहरुमार्फत् पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुको सम्बन्धमा महिनामा एक दिन पार्टी केन्द्रीय कार्यालयमा छलफल गर्ने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

साउदीको अरामको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु

काठमाडौं । साउदी अरबको पूर्वी तटीय क्षेत्र रास तनुरामा आइतबार तेल कम्पनी अरामकोको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ। साउदी प्...

जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जुवातास खेलिरहेका अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१३ सोल्टीमोडमा डेरागरी बस्ने ...

जानकी प्लास्टिक उद्योगमा प्रहरीको छापा, ‘नक्कली’ पाइप रातारात गायब

काठमाडौं । मार्वल ब्रान्डको नाम र ट्रेडमार्क दुरुपयोग गरी नक्कली बोरवेल पाइप उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–स...

रानी बोर्डरमा बसेर भारतीय सवारीसाधनलाई दुःख दिने बिचौलिया पक्राउ

विराटनगर । विराटनगर रानी बोर्डर स्थित पुरानो भन्सार कार्यालय परिसरमा बिना अनुमति बिचौलियाको भूमिका खेली भारतीय सवारीसाधनलाई दुःख दिएको आरोपमा मोरङ प्र...

सङ्खुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

काठमाडौँ  । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको...

सुस्तावासीको चेतावनी : ‘नागरिकता र भूमि अधिकार नदिए सिंहदरबार घेर्छौं’

रुपन्देही । पुस्तौँदेखि नेपाली भूमि जोगाउँदै आएका नवलपरासीको सुस्ताका बासिन्दाले अब आफ्नो आन्दोलन काठमाडौं केन्द्रित बनाउने घोषणा गरेका छन्। नागरिकता,...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो । पशु सेवा विभागक...

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना, ११ जनाको मृत्यु

काठमाडाैँ । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ११ जनाको मृत्यु भएको स्...

असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने

काठमाडौँ  । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएकाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान मह...

आगोसँग खेल्ने गल्ती नगर्न रास्वपालाई वर्षमानको सन्देश

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको प्रदेशसभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending