काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट प्रतिनिधित्व गर्दै सरकारमा सामेल भएका मन्त्रीहरुको कामबारे ब्रिफिङ लिएका छन् ।
आज आफ्नो निजी निवास बूढानिलकण्ठमा सभापति देउवाले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुको कामबारे ब्रिफिङ लिएका थिए । सो क्रममा सबै मन्त्रीहरुले आफ्नो कार्यप्रगतीको विवरण पेस गरेका थिए ।
आजको बैठकमा मन्त्रीहरुलाई २ दिन अनिवार्य रुपमा कार्यकर्ताको गुनासो सुन्ने र ५ दिन सरकारको नियमित काम गर्न निर्देशन दिइएको छ । बैठकपछि बोल्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सञ्चारकर्मीहरुसँग भने, ‘ हप्तामा दुई निश्चित दिन मन्त्रीहरुले खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी सम्पूर्ण ५ दिन चाँही मन्त्रालयका काममा केन्द्रीत हुने मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।’
त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणबारे भत्र्सना गर्दै कारबाहीको माग गर्नेसहित १० निर्णयहरु भएको घिमिरेले बताए ।
यी हुन् १० निर्णयहरुः
१.संसदीय दल अनुशासन समिति निर्माण गर्ने । जसमा दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा समिति गठन ।
२. संसदीय दलको विधान अनुसार प्रत्येक संसदीय समितिमा एक एक जना संयोजक तोक्ने व्यवस्था अनुसार खाली रहेको अर्थसमितिमा डा। प्रकाशशरण महत, कृषी समितिमा चन्दा चौधरीलाई नियुक्त गर्ने निर्णयलाई सदर गरियो ।
३. वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमण निन्दनीय रहेको र त्यसमा संलग्नलाई कारबाही गर्न माग गर्ने ।
४. सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले कार्य गर्ने र महत्वपूर्ण विषयहरुमा नियमित छलफल गर्ने ।
५. विभिन्न समितिमा विचाराधीन विधेयकहरुलाई टुंगोमा पुर्याउन सक्रियताका साथ काम गर्ने ।
६. आ–आफ्नो मन्त्रालयमा रहेका विगतदेखिका भौतिक परियोजना र अन्य कार्यक्रमहरु सम्पन्न गराउने प्रक्रियामा गति बढाउने ।
७. चालु आर्थिक वर्षको बजेटमा रहेका तर स्रोत सुनिश्चितताको पर्खाइमा रहेका र टेन्डर हुन नसकेका तथा निर्माण सुरु भएका तर अपेक्षित गतिमा काम भइनरहेका आयोजनाहरुलाई सम्पन्न गराउने आवश्यक पहलकदमी लिने ।
८. हप्तामा दुई निश्चित दिन मन्त्रीहरुले खुला भेटघाट गर्ने, नागरिकको गुनासो सुन्ने, सुझाव लिने र बाँकी सम्पूर्ण ५ दिन चाँही मन्त्रालयका काममा केन्द्रीत हुने मन्त्रीहरुलाई निर्देशन दिइएको छ ।
९. सांसदहरुको चासो, सुझाव र अपेक्षालाई छलफलमार्फत् संसदीय दल र कार्यसमिति र मन्त्रालयहरुले समन्वय गर्ने ।
१०. पार्टीको प्रदेश समिति, जिल्ला क्षेत्र एवं स्थानीय तहहरुमार्फत् पार्टी केन्द्रीय कार्यालयमा आउने गरेका नागरिकका सुझाव र मागहरुको सम्बन्धमा महिनामा एक दिन पार्टी केन्द्रीय कार्यालयमा छलफल गर्ने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: