काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) को आयोजनामा माघ ७ गतेदेखि दक्षिण एसियाली विश्वविद्यालय ‘टी–२० जय नेपाल कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा नेपालका चार, भारतको तीन र बङ्गलादेशको एक गरी आठ वटा विश्वविद्यालयको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक गणेश थापाले जानकारी दिए । प्रतियोगितामा नेपालबाट काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय, भारतको दिल्ली विश्वविद्यालय, लखनउ विश्वविद्यालय र बाबासाहेब भीमराव विश्वविद्यालय तथा बङ्गलादेशको ढाका विश्वविद्यालयको सहभागिता रहनेछ ।
त्रिवि मैदान कीर्तिपुरमा नौ दिनसम्म चल्ने प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा विभाजन गरी लिग फरम्याटमा प्रतिस्पर्धा गराईनेछ । ग्रासरुट क्रिकेटको विकास र प्रतियोगिताको माध्यामबाट जलवायु परिवर्तनको महत्त्वपूर्ण मुद्दालाई प्रवर्द्धन गर्ने उद्येश्य रहेको आयोजक नेवि सङ्घका अध्यक्ष दुजाङ शेर्पाले बताए ।
करिव तीन करोड रुपियाँ लगानीमा आयोजना हुने प्रतियोगिताको विजेता टिमलाई १५ लाख र उपविजेतालाई १० लाख रुपियाँ तथा ब्यक्तिगत विधाको विजेतालाई पाँच लाख रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - २१:०३
काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन् । केसीले ट्रम्प प्रशास...
फाल्गुन ४ गते, २०८१ - २०:५९
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अभिव्यक्त...
फाल्गुन ४ गते, २०८१ - २०:३९
खाेटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पस...
फाल्गुन ४ गते, २०८१ - २०:१०
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक गणपुरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । सञ्चालन भएको करिब ६ घण्टापछि गणपुरक सङ्ख्या अपुग हुँदा बैठक स्थगन भएको हो ...
फाल्गुन ४ गते, २०८१ - २०:००
संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका प्रमुख महेश थपलिया कार्यकक्षमै कुटिएका छन् । प्रहरीका अनुसार खाँदबारी नगरपालिका–९ का वडाध्यक्ष विमलराज गौ...
फाल्गुन ४ गते, २०८१ - १९:४२
काठमाडौं । पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार मोतिहारी थाना रक्सौल ग्राम रक्सौल-...
फाल्गुन ४ गते, २०८१ - १९:३७
तनहुँ । कुवेतमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक साता अघि मृत्यु भएका तनहुँको एक व्यक्तिको शव नेपाल ल्याइएको छ । बन्दीपुर गाउँपालिका–२ मोहोरिया सरो...
फाल्गुन ४ गते, २०८१ - १९:३२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर अस्पतालमा पुगेर जलनबाट घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरपालिकाका...
फाल्गुन ४ गते, २०८१ - १९:२६
गुल्मी । बाटो खन्ने क्रममा स्काभेटरले पल्टाएको ढुङ्गा लागेर एक विद्यार्थीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञान...
फाल्गुन ४ गते, २०८१ - १९:२०
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले खाद्यपदार्थमा विषादी औषधिको प्रयोगसम्बन्धीमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य ...
प्रतिकृया लेख्नुहोस्: