काठमाडौं । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत मुलुकका काठजन्य सामग्री उत्पादक क्षेत्रका एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्राण्डहरू प्रदर्शनीमा राखिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै मुलुकमा उद्योग स्थापना हुन नसक्दा स्वरोजगारका लागि प्रदान गरिएका तालिममा गरिएको लगानीबाट लाभ लिन नसकिएको बताए । उनले सरकारले विभिन्न प्राविधिक तालिम प्रदान गरे पनि तत्काल रोजगारी प्राप्त गर्न नसक्दा लगानीको लक्ष्य र प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्थामा काठजन्य उद्योगले त्यस्ता जनशक्तिको सदुपयोग गर्न आवश्यक रहेको धारणा राखे ।
मन्त्री भण्डारीले भने- ‘सीप प्राप्त जनशक्तिलाई साना उद्योग खोल्न सरकार,निजीक्षेत्र र बैंकलगायत वित्तीय संस्थाले सहयोग गर्नुपर्छ । उद्योग क्षेत्रमा नयाँ प्रविधि र उपकरण भित्र्याउन सातै प्रदेशको सदरमुकाममा यस्ता प्रदर्शनी आयोजना गरिनुपर्छ, जसबाट स्वरोजगार हुन सहयोग पुर्याउँछ ।’
विदेशमा प्रयोग भएका नवीनतम प्रविधि नेपाल भित्र्याउने, उद्योग व्यवस्थापन गर्ने र नेपालका कच्चापदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरू विदेश निर्यातका लागि सहजीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । ‘विदेशी कम्पनीले काठजन्य सामग्री उत्पादनमा प्रयोगमा ल्याएका नवीनतम प्रयोगबारे एकै थलोबाट नेपाली उद्यमीले जानकारी प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको छ । यसले हाम्रा उत्पादनको बजार प्रवर्द्धनमा समेत टेवा पुग्नेछ’, मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक सृजल भट्टराईले भने- ‘हाम्रो अर्थतन्त्र उत्साहजनक ढङ्गले अघि बढ्न नसकिरहेको परिस्थितिमा नेपाली उद्योगलाई कसरी माथि लैजान सकिन्छ भनी जानकारी दिने प्रदर्शनी सफल हुने अपेक्षा गरिएको छ ।’
प्रदर्शनीमा काठजन्य उत्पादन प्लाइउडदेखि घर, होटल, रेष्टुरेन्ट र महलका ढोका, झ्याल, भर्याङ तथा अन्य फर्निचर र सजावटका सामग्री उत्पादन कम्पनीका एक सयभन्दा बढी कक्ष छन् । प्रविधि हस्तान्तरणसहितको लक्ष्य लिइ आयोजना गरिएको प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीनदिने प्रदर्शनीमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
प्रदर्शनीमा ‘एआई’का माध्यमबाट घरभित्रको साजसज्जा कसरी गर्ने तथा साँघुरो ठाउँमा अन्तरिक सजावट गर्न सकिने विभिन्न उपायबारे जानकारी प्राप्त हुनेछ । प्रदर्शनीका क्रममा माघ ५ र ६ गते सरोकार भएकाहरूबीच फर्निचर क्षेत्रबारेमा जानकारी गराउन कार्यशालासमेत गरिने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: