लहान। बलिदानी दिवसको अवसरमा आज मधेश र देशको लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सम्पूर्ण वीर शहीदहरूको सम्झना गरिएको छ ।
लहानमा रहेको सहिदहरूको सालिकमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले माला अर्पण गर्दै श्रद्धा सुमन व्यक्त गरेका छन। साथै, सहिद परिवारहरूलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।
यस अवसरमा बोल्दै पूर्व उपप्रधानमन्त्री महतोले मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक रहेको बताए । ‘मधेशले एकल नश्लीय औपनिवेशिक शासन विरुद्ध बिद्रोह गरेको हो तर, उपनिवेशबाट मधेश अझै मुक्त हुन सकेको छैन। मधेसी जनताले बलिदानी दिए, कडा प्रतिरोध गरे तर पनि पूर्ण सफलता हात पार्न सकेका छैनन् । असफलतापछि संघर्षको रणनीति परिवर्तन गर्नुको सट्टा केही नेताहरूले सत्ता सामु आत्मसमर्पण गरेकाले दुर्भाग्य भएको छ,’ उनले भने ।महतोले सहिदहरूको सपना पूरा गर्न राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकतामा जोड दिएका छन । उनका अनुसार मधेश मुक्तिको खाका तयार गर्दै बहुलराष्ट्र राज्यको स्थापना गर्न लागि पर्ने समय आएकोसमेत बताए । ‘यस प्रणालीमा सम्पूर्ण राष्ट्रविहीन राष्ट्रका जनताले अपनत्व महसुस गर्नेछन्। सबै भाषा र संस्कृतिको सम्मान हुनेछ,’ उनले भने ।
महतोले मधेसी, थारु, पहाडका आदिवासी जनजाति, उत्पीडित खस, मुस्लिम र दलित लगायत सम्पूर्ण समुदायको सभ्यता र संस्कृतिको रक्षा गर्दै सुशासन र समृद्धिको लागि एकजुट भएर संघर्ष गर्न अपिलसमेत गरेका छन । ‘सत्ताको लोभले सहिदको सपना पूरा हुँदैन। यो जनतालाई ढाँट्नु बाहेक अरु केही होइन। सहिदहरूको प्रति सच्चा श्रद्धाञ्जलि दिन सम्पूर्ण नेपाली जनता एक भई अन्तिम पटक संघर्ष गर्नुपर्छ।’
कार्यक्रममा सहिद परिवारहरूले सहिदहरूको सम्मानप्रति कृतज्ञता व्यक्त गरेका थिए। बलिदानी दिवसको यो अवसरले मधेशको स्वतन्त्रता र अधिकारप्राप्तिका लागि संघर्षलाई पुनः सशक्त बनाउने सन्देश दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३१ गते, २०८३ - १८:१६
काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...
बैशाख ३१ गते, २०८३ - १७:४२
वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...
बैशाख ३१ गते, २०८३ - १७:३५
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...
बैशाख ३१ गते, २०८३ - १७:२०
काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...
बैशाख ३१ गते, २०८३ - १७:१२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...
बैशाख ३१ गते, २०८३ - १७:०४
नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...
बैशाख ३१ गते, २०८३ - १६:५१
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...
बैशाख ३१ गते, २०८३ - १६:३९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...
बैशाख ३१ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...
बैशाख ३१ गते, २०८३ - १६:१०
काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...



प्रतिकृया लेख्नुहोस्: