Ntc summer Offer
Khabar Dabali ४ फाल्गुन २०८१ आईतवार | 16th February, 2025 Sun
Investment bank

सार्वजनिक नीति तथा प्रत्यायोजित समिति बैठक, अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँड्न सुझाव

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा देखिएका समस्या सम्बोधन गर्न समयानुकूल हुनेगरी कानुन परिमार्जनको खाँचो औँल्याइएको छ ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतले तत्कालीन लाभ नहेरी दीर्घकालीन सोचका आधारमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तुमैत्री कानुन निर्माण गर्न सुझाव दिए । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण व्यवस्थापनमा स्रोत अभाव रहेको जानकारी गराउँदै उनीहरूले जलवायु परिवर्तनको असरले निकुञ्ज क्षेत्रमा खानेपानी र पोखरीको अभावले पनि केही चुनौती खडा गरेको बताए ।

वरिष्ठ संरक्षण अधिकृतहरूले जङ्गली जनावरबाट मध्यवर्ती क्षेत्रका जनतालाई आक्रमण हुँदा तत्काल उद्धार तथा उपचार कोष र केन्द्रको व्यवस्थाको प्रबन्ध गर्न सुझाव दिए।  राज्यले राजस्व उठाउनेतर्फ मात्र नभई राष्ट्रिय निकुञ्जकबाट पर्यटन प्रवर्द्धन,  होटल व्यवसाय र रोजगारी सिर्जनामा पुर्‍याएको योगदानलाई समेत भुल्न नहुने जनाउँदै उनीहरूले मध्यवर्ती क्षेत्रका जनताले झेल्नुपरेको समस्या समाधान गर्न विशेष खाले योजना र बजेटको व्यवस्थाका लागि पहल गरीदिन अनुरोध गरे।

राष्ट्रिय निकुञ्ज आर्थिक समृद्धिका लागि पर्यटक भित्र्याउने मुख्य थलो भएकाले हिमाल, नदी, वन्यजन्तु, धार्मिकस्थल तथा जीव र वनस्पतिको संरक्षणमा राज्यले विशेष ध्यान पुर्‍याउनु पर्ने उनीहरूको भनाइ थियो । विभिन्न परियोजना र आयोजनाको नाममा प्रकृति सम्पदाको दोहन भइरहेकाले त्यसलाई रोक्न पर्ने बताउँदै वरिष्ठ संरक्षण अधिकृतले निकुञ्जले अतिक्रमणमा परेको भनी किटानी गरेको स्थानमा बसोबासका लागि लालपुर्जा वितरण गर्ने कार्य नहोस् भनी सुझाव दिए।

पूर्वाधार निर्माण गरिँदा वातावरण र वन्यजन्तुमैत्री हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँहरूले संरक्षणको कार्य स्थानीय, निजी र सरकारी संयन्त्रको साझेदारीमा हुँदा फलदायी हुनेतर्क गरे। उनीहरूले वातावरणको समुचित सन्तुलन हुने गरी कानुन निर्माणमा ध्यान पुर्‍याउन सुझाव समेत दिए । 

यसअघि सदस्यहरूले राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका जनताबीचको सहकार्य तथा मानव र वन्यजन्तुबीच भइरहेको द्वन्द्व घटाउन चाल्नुपर्ने कदमका बारे जानकारी  माग गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रकाश सांसद ज्वालालाई प्रधानमन्त्री ओलीको जवाफ– कार्यक्रम रद्द गर्नेले नै प्रगति खोज्ने अनौठो संस्कार छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले प्रतिनिधि सभामा सांसदले सोध्नुभएका जिज्ञासाको जवाफ दिँदै हुनुहुन्छ। पहिलो प्रश्न सोध्नुभएका प्रकाश ज्वाल...

दुई महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान ठप्प

तम्घास। विगत दुई महिनादेखि गुल्मीको रेसुङ्गा विमानस्थलबाट नियमित उडान हुन सकेको छैन । अहिले नेपाल एयरलायन्सको जहाज मर्मत हुँदै गरेकाले अन्य जहाज नभएका...

‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प...

रास्वपा सांसद कंसाकारको प्रश्न: सर्वसाधारण जल्दा गाडीको हुट, मन्त्री र मेयरलाई हेलिकप्टर ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीको घटना बढिरहेको बताएको छिन । आइतबार प्रतिनिधि सभामा आक...

घाइते उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यसँगको भेटघाट बन्द

काठमाडौँ । कीर्तिपुर अस्पतालले जलनको उपचार गराइरनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँगको भेटघा...

स्वर्गद्वारी गुठी पीडित किसानको मालपोत कार्यालयमा धर्ना

घोराही । स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् । सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राख्द...

विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरे...

गुल्मीमा डोजरले पल्टाएको ढुङ्गा लागेर आठ वर्षीया बालिकाको मृत्यु

तम्घास । गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर ज...

संसद्मा विचाराधीन विधेयक दुवै सदनबाट अघि बढाइन्छः सचेतक बर्तौला

काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको छ ।  सिंहदरबर...

खाद्य गुणस्तरको नियन्त्रण :काठमाडौँ महानगरले स्थलगत मापन तत्काल सुरु गर्दै

काठमाडौँ । बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण  फिल्डमा तत्काल गर्ने भ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy