कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले रु. १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो ।
सो अवधिमा सम्पत्ति करबाट रु। एक करोड ९२ लाख ६७ हजार, भूमिकर/मालपोतबाट रु। एक करोड २३ लाख ६८ हजार, बहालकरबाट रु तीन करोड ५२ लाख ८३ हजार, अन्य राजस्वबाट रु। तीन करोड ५२ लाख १२ हजार, व्यवसाय करबाट रु दुई करोड ७९ लाख ७९ हजार र नक्सापास दस्तुरबाट रु एक करोड ६५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए।
उहाँका अनुसार सिफारिस दस्तुरबाट रु. ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट रु.४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट रु. ३८ लाख ६१ हजार, बेरुजुबापत रु। १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट रु। १३ लाख १३ हजार राजस्व सङ्कलन भएको हो ।
व्यक्तिगत घटना दर्ताबाट रु। सात लाख सात हजार, परीक्षा शुल्कबाट रु। सात लाख १६ हजार, अन्य सामग्री बिक्रीबाट रु। दुई लाख ३४ हजार, नाता प्रमाणित दस्तुरबाट रु। दुई लाख नौ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट रु। एक लाख ७९ हजार, न्यायिक दस्तुरबाट रु। दुई हजार र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट सङ्कलन भएको उनले जानकारी दिए ।
राजस्व शाखा प्रमुख ओझाका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत आवको सो अवधिको तुलनामा चालु आवमा रु. ९५ लाख सात हजार आठ सय ७९ ले बढी राजस्व सङ्कलन भएको उहाँले जानकारी दिए।
उपमहानगरले गत आवको छ महिनामा रु। १६ करोड पाँच लाख ९४ हजार राजस्व सङ्कलन गरेको ओझाले जानकारी दिए। राजस्व सङ्कलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व सङ्कलन वृद्धि भएको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २५ गते, २०८२ - १७:०४
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल ले माधवकुमार नेपालसहितका नेताहरू माओवादी पार्टीमा गएको कदमलाई ‘पार्टी विसर्जन’ को रूपमा व्याख्या गरेका ...
कार्तिक २५ गते, २०८२ - १६:४१
निजगढ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमर...
कार्तिक २५ गते, २०८२ - १६:३७
काठमाडौँ । प्रधानमन्त्री तथा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री सुशीला कार्की ले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्रमा रूपान्तरण ...
कार्तिक २५ गते, २०८२ - १६:३०
काठमाडौँ । नेतृ रामकुमारी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठ ‘किसान’ चार वर्षपछि पुन: नेकपा (एमाले) मा फर्किएका छन्। उनीहरू २०७८ सालमा एमाले विभाजन ...
कार्तिक २५ गते, २०८२ - १६:२२
जनकपुरधाम । मधेश प्रदेशमा हालै गठन भएको सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सरकार गठन गरिएको भ...
कार्तिक २५ गते, २०८२ - १५:४९
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले कुनै औचित्य नरहेको बताएका छन्। सो...
कार्तिक २५ गते, २०८२ - १५:४०
क्विटो। इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु भएको छ । बिहान भएको सशस्त्र झडपमा चार जनाक...
कार्तिक २५ गते, २०८२ - १५:३३
काठमाडौँ । दार्चुलामा सोमबार दिउँसो २:४३ को समयमा भुकम्प गएको छ । गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प माप...
कार्तिक २५ गते, २०८२ - १५:२१
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले जिल्ला डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का...
कार्तिक २५ गते, २०८२ - १५:१०
काठमाडौं । मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावल आगामी बुधबार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुन लागेका छन्। समारोह काठमाडौँको...




प्रतिकृया लेख्नुहोस्: