जुम्ला । जिल्लाका आठ वटै स्थानीय तहका ६० वडाका करिब नौ हजारभन्दा बढी परिवारमा खानेपानीको पहुँच विस्तार भएको छ । जिल्लामा रहेका २४ हजार चार सय २२ परिवारमध्ये नौ हजार आठ सय ८६ मा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार भएको हो ।
जिल्लास्थित खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले बाँकी परिवारले सार्वजनिक धारा, कुवा, मूलको र नदीको पानी खाइरहेका बताए । उनले भने, “कार्यालयको तथ्याङ्कअनुसार १० हजार तीन सय २९ परिवारले सार्वजनिक धाराको पानी खाँदै आएका छन् । कुवाको पानी खाने ५९ परिवार छन् ।”
मूलधाराको पानी खाने तीन हजार आठ सय ७४, नदी–खोलाको पानी खाने दुई सय १४ र अन्यले पानीका अन्य स्रोतको प्रयोग गर्दै आएका कार्यालय प्रमुख महतले जानकारी दिए। अहिलेसम्म ४० दशमलव ४७ प्रतिशत परिवारमा ‘एक घर एक धारा’ पुगेको उनले बताए ।
हरेक घरमा खानेपानीका धारा पुर्याउने सरकारी लक्ष्य भए पनि पुग्न नसकेको छैन भन्दै कार्यालय प्रमुख महतले जुम्लामा बृहत् खानेपानीका आयोजना निर्माण हुन थालेका उल्लेख गरे। आगामी दिनमा सबै परिवारमा खानेपानीका धारा पुग्ने गरी काम भइरहेको उनले जानकारी दिए।
कर्णाली प्रदेशमा ९६ प्रतिशत नागरिकले दूषित पानी पिउँदै आएका छन् । पर्याप्त खानेपानीको स्रोत भए पनि प्रशोधन अभाव र आवश्यकताअनुसार लगानी नहुँदा कर्णालीका ९६ प्रतिशत नागरिक खोलाको दूषित पानी पिउने गरेका कार्यालय प्रमुख महतले बताए ।
“प्रदेशका ८४ प्रतिशत परिवारमा खानेपानी सुविधा पुगेको तथ्याङ्क छ । २०७८ को राष्ट्रिय जनगणनाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या करिब १७ लाख छ । जसमध्ये ८४ प्रतिशत नागरिक आधारभूत खानेपानीको पहुँचमा छन्”, उनले भने ।
खानेपानी पहुँच नपुगेका परिवारमध्ये ९६ प्रतिशत नागरिक प्रदूषित पानी पिउन बाध्य रहेका सरकारी तथ्याङ्कले देखाएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८१ - १२:३७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि सहयोगी दाताहरुल...
फाल्गुन ५ गते, २०८१ - १२:२६
काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् । पोखरा भ्रमण वर्ष उदघाटनको क्रममा जलेर घाइते भएका मन्त्री पौडेलको घाउ नि...
फाल्गुन ५ गते, २०८१ - १२:१७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदैछन् । प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई सम्बोधन गर्न कार्यक्रम छ । बिहान सा...
फाल्गुन ५ गते, २०८१ - १२:१२
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सोमबार हुँदैछ । सर्वोच्चका न्यायाधीश ह...
फाल्गुन ५ गते, २०८१ - १२:०३
नवलपुर । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजा...
फाल्गुन ५ गते, २०८१ - ११:५४
बागलुङ । बागलुङमा पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियानमा छुट्न सक्ने किशोरीको खोजी अभियान सञ्चालन भएको ...
फाल्गुन ५ गते, २०८१ - ११:४४
गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए। ‘‘लाम...
फाल्गुन ५ गते, २०८१ - ११:३८
धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रमण गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उप...
फाल्गुन ५ गते, २०८१ - ११:१८
काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । आज फागुन ५ गते सोमबार जारी हुने यस ट्रेजरी बिल...
फाल्गुन ४ गते, २०८१ - १६:५३
काठमाडौँ। पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्रा...
प्रतिकृया लेख्नुहोस्: